आइन्स्टाइन नस्लवादी भएको खुलासा



न्युयोर्क (एजेन्सी)
अंग्रजीमा अनुवादित महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सन् १९२० दशकको निजि यात्रा सम्बन्धी एक दायरीले उनी जीवनको पुर्वाद्धमा नस्लवादी रहेको खुलासा भएको छ।
यात्रा सम्बन्धी उक्त डायरीमा उनको सोच जातिवादी भएको त्यो विशेष गरी चिनियाँ मुल प्रति रहेको उल्लेख भएको जनाइएको छ।

केहि लेखबाट भौतिक विज्ञानका हस्ती आइन्स्टाइनले विदेशीहरू प्रति घृणा गर्थे भन्ने अनुमान गरिएको छ। आइन्स्टाइनले उक्त डायरी अक्टोबर १९२२ देखि मार्च १९२२ बीच लेखेका थिए।
त्यतिबेला सुदुर पुर्व र मध्य पुर्वको लामो यात्रामा थिए। उनको यात्रा डायरी अनुसार यस यात्रामा अल्बर्ट आइन्स्टाइनले चीन, जापान, श्रीलंका प्यालेस्टाइन र केहि हप्ता स्पेनमा विताएका थिए।

आफनो डायरीमा अल्बर्ट आइन्स्टाइनले ती देशका नागरिक प्रति नकारात्मक टिप्पणी गरेका थिए। चीनका नागरिकका विषयमा चिनियाहरू महनति हुने गरेको तर उनीहरू फोहरी र केहि मन्दबुद्धी हुने गरेको उनले लेखेका थिए।

यद्यपी पछि अमेरिकामा बस्न थालेपछि आइन्स्टाइनले नागरिक अधिकारको सँधै वकालत गरे। सन् १९४६ मा नस्लवाद ‘गोराहरूको एक रोग‘ भएको समेत उनले भनेका थिए।
आइन्स्टाइनको उक्त डायरीको केहि अंश पहिलो पटक अंग्रजीमा प्रकाशित गरिएको हो। प्रिन्सटन युनिभर्सिटी प्रेसले आइन्स्टाइनको उक्त डायरी छापेको हो।

चिनियाँ प्रति कडा शब्द

चीनका नागरिकपछि आइन्स्टाइनले श्रीलंकाको कोलम्बो सहरको वर्णन गर्दै लेखेका थिए– यिनीहरू अत्यन्तै फोहरमा बस्छन्। यिनीहरूको जीवन अत्यन्तै निम्न स्तरको छ। अत्यन्तै कममा जीवन गुजारा गर्छन् र त्यसैमा सन्तुष्ट पनि छन्।

आइन्स्टाइनको उक्त डायरीलाई उदृत गदै केहि सन्चार माध्यमले सबैभन्दा धेरै तिखो टिप्पणी चिनियाँ माथि गरेको छ। उनले लखेका छन्– चिनियाँ बच्चाहरू गोलो र निर्जिब हुन्छन्। त्यसैले अन्य जातीका मान्छे देखेपछि यी चिनियाँलाई देख्दा मलाई दया लाग्छ।

आफ्नो डायरीले आइन्स्टाइनले चीनका बारेमा अर्को एक लेखमा पनि ‘चीन एक असाधारण झुण्ड जस्तो राष्ट्र‘ भएको र यहाँका मानिसहरू ‘यन्त्रमानव‘ जस्तो देखिने उल्लेख गरेका थिए।
जब एडोल्फ हिटलर र नाजी पार्टीको उदय भयो , जर्मनीमा जन्मेका अल्बर्ट आइन्स्टाइन बर्ष १९३३ मा देश छोडेर अमेरिका गएका थिए।

अमेरिकाका केहि ब्यक्तीहरू आइन्स्टाइनको उक्त लेखलाई लिएर अत्यन्तै निरास भएको बताइएको छ। उनीहरूले अहिलेसम्म आइन्स्टाइनलाई नस्लभेदीहरू विरुद्ध एक आवाजका रुपमा हेर्ने गरेका थिए।

बीबीसी बकलरले लेखेका छन्– सन १९३३ मा पहिलो पटक आइन्स्टाइन अमेरिका आउँदा काला र गोराका लागि अलग्ग–अलग्ग स्कुल र सिनेमाहल देखेर अचम्मित भएका थिए। त्यसपछि उनी एक नेसनल एसोसिएसनमा संलग्न भए र उनले नस्लभेद विरुद्ध बोल्न शुरू गरे। मानिसहरूलाई जर्मनीमा यहुदीहरू विरुद्ध कस्तो भेदभाव हुने गरेको छ भन्ने विषयमा उनले बताउने गर्थे। उनीहरूको स्थिति अमेरिकामा अफ्रिकी मुलका मानिस जस्तै छन्।

केहिले आइन्स्टाइनले आफनो डायरीमा जुन प्रतिक्रिया उल्लेख गरेको हो त्यो उनको त्यतिबेलाको निजी अनुभव भएको बताएका छन्। पछि जर्मनीमा जुन स्थिति भयो र जुन स्थिति अमेरिकामा उनले देखे, त्यसले सम्भवत उनको विचार परिवर्तन आएको हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्