प्रदेश नम्वर २ को प्रहरी ऐन पारित



 

, धनुषा । प्रदेश नं २ को प्रदेश प्रहरी ऐन मन्त्री परिषद्बाट स्वीकृत भएको छ ।

केन्द्रबाट आएका सुरक्षा विज्ञ र स्थानीय सुरक्षा विज्ञको टोलीबीच विभिन्न चरणमा छलफल गरी प्रदेश प्रहरी ऐन निर्माण गरी हिजो मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । मन्त्रिपरिषद्बाट ऐन पारित भएपछि प्रदेश प्रहरी विधेयक प्रदेशसभामा पेश हुने बाटो खुलेको छ ।

ऐन एक दुई दिनभित्रै प्रदेशसभामा पेश हुने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशसभाबाट सो ऐन पास हुनेबित्तिकै प्रदेश सरकारले आफ्नै प्रहरी भर्ना गर्ने बाटो खुल्नेछ । त्यसैगरी इस्लाम धर्मावलम्बीको महान् पर्व इदउल फित्रका अवसरमा प्रदेश सरकारले असार ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्