भारतको कास्मिरमा बरिष्ठ पत्रकार बुखारीको हत्या, अन्य दुई गम्भिर घाईते



 

नयाँदिल्ली । भारत स्वशासित कास्मिर राजधानी श्रीनगरमा वरिष्ठ पत्रकार एवं राइजिङ कश्मीरका सम्पादक शुजात बुखारीको अज्ञात समुहले हत्या गरिदिएको छ ।

पत्रिकाको कार्यालयबाट घर फर्कदै गरेका कार्यालयबाट निस्कँदै गर्दा बुखारीमाथि बिहीबार गोली हानेर हत्या गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका हुन् । चार जनाको समूहमा रहेक मुखुण्डोधारीले बुखारी चढेको गाडीमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

बुखारीसँगै उनको गाडीमा रहेका अरु दुई जना गम्भीर घाइते भएका छन् । पत्रकार बुखारीसँगै उनका पीएसओ पनि मारिएका छन् ।

जम्मु कश्मीरकी मुख्यमन्त्री महबूबा मुफ्तीले बुखारीको हत्या भएको खेद प्रकट गर्दै दुःख व्यक्त गरेकी छन् । ९एजेन्सी०

प्रतिक्रिया दिनुहोस्