विश्वकप फुटबल:रुसद्वारा दुई गोल हात पार्न सफल



काठमाडाैं । रुसको मस्को शहरस्थित लुजनिकी रंगशालामा भएको विश्वकप फुटबलमा रुसले दुई  गोल हात पार्न साफल भएको छ  ।

विश्वकप फुटबलको पहिलो खेलमा आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीच भइरहेका छन् । न्यूज अफ नेपालले निरन्तर खेलकाे लाइभ अपडेट दिइरहकाे छ ।

समूह ‘ए’मा परेका दुई राष्ट्रका लागि जित महत्वपूर्ण हुनेछ । विश्वकपमा हालसम्मका सबैभन्दा कमजोर टिम मानिएका दुई देशका लागि समूह चरण पार गर्न जित्नै पर्ने दबाब रहन्छ ।

साउदीले विश्व कप अघि खेलेका पाँच मैत्रिपूर्ण खेलमा दुई खेलमा जित निकाल्दा तीनमा युरोपियन जाइन्टसँग पराजित भएको थियो । साउदीले अल्जेरिया र ग्रिसलाई हराएको थियो भने इटाली, पेरु र जर्मनीसँग पराजित भएको छ । रुस गत वर्ष स्पेनलाई बराबरीमा रोक्दै दबाब दिंदा ब्राजिल, फ्रान्स र अस्ट्रियासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्