माओबदी एमाले एकमुख, गाउँ गाउँमा नेकपाको कार्यक्रम



सलिम अन्सारी, प्युठान । एक समय दुई दल बिच सैद्धान्तिक रुपमै चर्को मतभेद थियो। एकअर्कालाई ‘सिध्याउने’ सम्मको टकराव चल्थ्यो । कार्यकर्ताहरुमा समेत द्धन्द थियो, एकले अर्कोलाई सत्तोसराप गर्थे ।

एमालेले माओवादीलाई लामो समयसम्म उग्रवामपन्थीको बिल्ला भिराइरह्यो भने माओवादीले एमालेलाई दक्षिणपन्थी । यही आरोप प्रत्यारोपमा लामो समय दुई पार्टीले बिताए र एकले अर्कालाई ‘सकेसम्म सिध्याउने’ रणनीति अख्तियार गरे ।

तँ ठूलो कि म ठूलो यहि शक्ति स्थापीत गर्ने होड समेत नचलेको होइन । भोट बैंक एउटै भएकाले एउटाले अर्कालाई ‘नसिध्याउँदासम्म’ आफ्नो अस्तित्व नरहने बुझाइ दुवै पार्टीमा रह्यो । दुवै दलले एकअर्कालाई कमजोर पार्ने रणनीति बनाए । तर पछिल्लो समय दुवैले राजनीतिक शक्ति हासिल गर्न एकअर्काको आवश्यकतालाई महसुस गरे ।

अब यी दुई दल नेपाल कम्युनिष्ट्र पार्टिको एउटै ब्यानरमा जोडिएर शक्तिशाली दल बनेका छन । फरक धारको राजनीतीवाट उदाएका दुई ठुल कम्युनिष्ट्र पार्टी नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिच केन्द्रीय स्तरमा एकीकरण भएपछी स्थानीय,गाउँ तथा वडाहरुमा समेत एकताको सन्देश सहितका कार्यक्रम हुन थालेका छन ।

पार्टी एकताको सन्देश तल्लो तह सम्म लैजाने उद्ध्श्य सहित प्युठानमा नेकपाका नेताहरु गाउँ पसेका हुन । बिगतमा एकअर्कालाई सत्तोसराप गर्ने एमाले माओबादी नेता तथा कार्यकर्ता एक आपसका पुराना कुराहरु भुलेर स्वतहस्फुर्त रुपमा एउटै मन्च तथा भेलाहरुमा देखिन थालेका छन ।

राजनितीमा दुस्मन अस्थायी हुन्छ भन्दै दुई पार्टी मिलेपछि कार्यकर्ताहरुले सामाजिक संजाल र भेट्घाटका बेला सम्म एकआपसमा साथी साथीको संज्ञा दिन थालिएको छ । दुवै पार्टिका नेता तथा कार्यकर्ता बिच परिचयात्मक कार्यक्रम गर्ने, स्थानिय स्तरमा भएका समस्या बुझ्ने र जनप्रतिनिधीलाई जनताप्रती उत्तरदायी हुन समेत आग्रह गर्दै सामुहिक गतिबिधि सुरु भएको नेताहरुले बताएका छन ।
बिहिवार सरुमारानी(४ स्थित पर्यटकियस्थल रानिकुवामा आयोजित भेलामा पुर्व सभासद धन बहादुर रायमाझीले एकतापछी कम्युनिष्ट्र आन्दोलन बलियो भएपनी विभिन्न चुनौती थपिएको बताए। उनले केन्द्र देखि प्रदेश सम्म जताततै कम्युनिष्ट्रकै बहुमत भएकाले अब चुनाबी घोषणा अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

अर्का पुर्व सभासद नारायण प्रसाद अधिकारीले दुई पार्टिको एकताले कम्युनिष्ट्र आन्दोलनले नयाँ ईतिहास रचेको उल्लेख गरे ।उनले दुई पार्टी हुँदा भएका बिवाद, मनमुटावलाई इतिहासमा सिमित गर्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्