बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !



एजेन्सी, आजबाट सुरू हुन लागेको विश्वकप फुटबलको उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएको छ । ‘एकिलिज’ नामको कान नसुन्ने सेतो बिरालोले विश्वकपको उद्घाटन खेलमा आयोजक रुसले जित्ने भविष्यवाणी गरेको हो।

आज राति पौने ८:४५ बजे रुस र साउदी अरेबियाले यस विश्वकपको पहिलो खेल खेल्दैछन् । बुधबार बिरालोमार्फत गराइएको भवष्यवाणीमा रूसले जित्ने बताइएको हो । दुर्इ देशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले रसियाको झन्डा भएको खाना खाएको थियो ।

कान नसुन्ने उक्त बिरालोलार्इ विश्वकपको भविष्यवाणी गर्ने आधिकारिक जनावरको मान्यता दिइएको छ। यसअघिका केही भविष्यवाणी मेल खाएपछि उक्त बिरालोलार्इ विश्वकपमा आधिकारिक भविष्यवाणीका लागि ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्