हेर्नुहाेस यस्ताे छ साँढे सात अर्बको कार



काठमाडाैं । एक खबरका अनुसार, हालै सन् १९६३ मा बनेको एक फरारी कारले विश्वको रेकर्ड तोड्दै अहिलेसम्मकै सबैभन्दा महंगो मूल्यमा लिलामीमा चढेको छ । सन् १९६३ मा बनेको फरारी २५० जीटीओलाई अमेरिकी व्यापारीले सबैभन्दा महंगो मूल्य ७० मिलियन डलर अर्थात् साँढे सात अर्ब रुपैयाँ बराबरको मूल्यमा लिलामबाट खरीद गरेका हुन् ।

यस फरारीको कारको चेसिस नम्बर ४१५३ रहेको बताइएको छ । खबरका अनुसार, यी व्यवसायीको नाम डेविड म्याकनेल हो । उनी यस्ता दुर्लभ कारहरू संग्रह गर्न शौखिन रहेका छन् । योभन्दा पहिले सन् २०१४ मा भएको एक लिलामीमा २५० जीटीओ कार ३८ मिलियन अर्थात् करीब ४ अर्ब रुपैयाँ बराबरमा खरिद गरिएको रेकर्ड थियो ।

प्रतिक्रिया दिनुहोस्