फिल्म शैलीको म्युजिक भिडियो



गायक आँसु लामाको नयाँ आधुनिक गीत तिम्लाई देखेरमाथि आकर्षित म्युजिक भिडियो बनाइएको छ।

गीतमा शब्द र संगीत पनि आँसुकै रहेको छ। निर्भाना कला केन्द्रको प्रस्तुतिमा बनेको गीतको म्युजिक भिडियोमा सगुन शाही ठकुरी, चन्द्र पुलामी र रमेश रम्तेलले अभिनय गरेका छन्। भिडियोमा गोपाल थापाले कोरीयोग्राफी गरेका छन् भने निर्देशन, छायांकन र सम्पादन विष्णुहरी तिमल्सिनाले गरेका छन्।

तिमीलाई देखेर फेरि यो मनमा उही दिन सम्झेर आयो
छुटिसकेको टुटिसकेको उही माया बल्झेर आयो
सुन्छु आजकल धेरै धेरै कुराहरू तिम्रोबारेमा धेरै खुसी सुखी छौ अरे तिमीले रोजेको त्यो संसारमा

यो भावको गीतमा वियोगपछि भेट भएकी प्रेमीकासामु प्रेमीले आफ्नो भावना यसरी पोखेका छन्। राजधानीका विभिन्न स्थानमा छायांकन गरिएको कथानक म्युजिक भिडियो वीरेन लामाले निर्माण गरेका हुन्। भिडियो गीतको भावअनुसार कथानक शैलीमा बनेकाले फिल्म हेरेजस्तो महसुस हुने निर्भानाका अध्यक्ष रमेश श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्