मोरङको कार्टुन फ्याक्ट्रीमा भीषण आगलागी



काठमाडौं । गएरातीदेखि मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा लागेको भिषण आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् ।

बुढीगंगा गाउँपालिका–३ स्थित कारखानामा गएराति ११ बजेदेखि आगो लागेको हो । आगलागी निभाउने प्रयास जारी रहेको मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए ।

उनका अनुसार ६ वटा दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीले आगो निभाउने प्रयास जारी राखेका छन् ।

वरपर फैलिने सम्भावना नरहेको तर फ्याट्रिको आगो अझै नियन्त्रणमा नआएको प्रमुख केशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्