दोस्रो बजारकै हाराहारीमा एफपीओको मूल्य, लगानीकर्ता एनएनबि बैंकमा आकर्षित होलान त ?



नेपाल समाचारपत्र, काठमाडौं  ।
ठूलोे रस्साकस्सीपछि एनएमबि बैंकले बुधबारदेखि थप साधारण शेयर (एफपीओ) को बिक्री खुला गरेको छ । एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको लामो समयपछि बल्लतल्ल अनुमति पाएको थियो ।

बैंकले माग दाबी गरेको मूल्यभन्दा धेरै घटाएर धितोपत्र बोर्डले एफपीओेको मूल्य निर्धारण गरिदिएको थियो । एक सय रुपिया“ अंकित मूल्यमा २३३ रुपिया“ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपिया“मा एफपीओ बिक्री खुल्ला गरिएको छ । तर, बैंकले एफपीओ बिक्री खुल्ला गर्दा ‘भूतले खाजा खाने बेला’ जस्तै भएको छ । समग्र बजार ओरालो लागेको अवस्था तथा नेप्सेको दोस्रो बजारमा नै बैंकको शेयर एफपीओको मूल्यकै हाराहारीमा पाइरहेको हु“दा लगानीकर्ताले एफपीओमा लगानी गर्लान् भन्नेमा ठूलो आंशका छ ।

अन्य बैंकको तुलनामा एनएमबि बैंकको वित्तीय अवस्था पनि त्यति धेरै सन्तोष गर्न सक्ने अवस्था नदेखिएको, दोस्रो बजारको मूल्य र एफपीओको मूल्य करिब समान भएको र एनएमबि बैंक भन्दा धेरै चुक्त पु“जी भएका, नाफामा बढी भएका आधा दर्जनभन्दा बढी वाणिज्य बैंकको शेयर मूल्य नै २ सय रुपिया“को वरिपरी रहेको सन्दर्भमा एनएमबि बैंकप्रति लगानीकर्ताको आकर्षण नदेखिने शेयर विश्लेषकहरूको भनाइ छ ।

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएमबि बैंकको अघिल्लो दिनको कारोबारमा भन्दा जम्मा एक रुपिया“ले वृद्धि भएर ३६८ रुपिया“मा कारोबार बन्द भएको छ । यो मूल्य एफपीओको मूल्यभन्दा १० प्रतिशतमात्रै बढी हो ।


बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएमबि बैंकको अघिल्लो दिनको कारोबारमा भन्दा जम्मा एक रुपिया“ले वृद्धि भएर ३६८ रुपिया“मा कारोबार बन्द भएको छ । यो मूल्य एफपीओको मूल्यभन्दा १० प्रतिशतमात्रै बढी हो ।


विगतमा दोस्रो बजारको मूल्यभन्दा आधा कममा एफपीओ जारी हु“दा लगानीकर्ताको आकर्षण उच्च हुने गरेको थियो । तर, पछिल्लोपटक विभिन्न तिक्रडम गरेर दोस्रो बजारकै हाराहारीमा एफपीओ जारी हु“दा लगानीकर्ताले लोप्पा खुवाइदिएका छन् । यसअघि बुटवल पावर कम्पनी (बीपीसी) को पनि दोस्रो बजारकै हाराहारीमा एफपीओ जारी हु“दा लगानीकर्ता आवदेन नदिएपछि एक महिनासम्म कर्नु परेको थियो । त्यति हु“दा पनि बिक्री नभएपछि अन्डरराइटरले शेयर सकार गर्नुपरेको थियो । बैंंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री गर्न असार ३ गतेसम्मको समय तोकेको छ ।

उक्त अवधिमा आवश्यक आवेदन नपरेमा असार २८ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । समग्र बजारको संकेत हेर्दा एनएमबि बैंकको पनि बीपीसीकै नियति हुने सम्भावना देखिएको छ ।
हाल बैंकको चुक्ता पु“जी ६ अर्ब ४६ करोड १७ लाख रुपिया“ रहेको छ । एफपीओ जारी पश्चात बैंकको चुक्ता पु“जी ७ अर्ब ६० करोड ३२ लाख हुनेछ ।

एनएमबि बैंकमा नेदरल्यान्डको एफएमओ विदेशी साझेदारका रुपमा रहेको छ । गत वर्ष एक अर्ब १५ करोड खुद नाफा कमाएको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैतसम्म एक अर्ब ४१ करोड खुद नाफा कमाएको छ । बैंकको जगेडा कोषमा ५ अर्ब ६३ करोड छ । चैतसम्म बैंकले ८५ अर्ब २९ करोड निक्षेप संकलन गरेर ७४ अर्ब १ करोड कर्जा परिचालन गरेको छ । उसको कर्जा पु“जी निक्षेप अनुपात ७५ दशमलव ३३ प्रतिशत, निष्क्रृय कर्जा अनुपात १ दशमलव १० प्रतिशत, पु“जी कोष १२ दशमलव ९३ प्रतिशत छ ।

साथै बैंकको प्रतिशेयर आम्दानी २९ रुपिया“ तथा प्रतिशेयर नेटवर्थ १८५ रुपिया“, इक्विटीमा प्रतिफलको अनुपात १७ प्रतिशत छ र मूल्य आम्दानी अनुपात १५ दशमलव २९ गुणा बढी छ । बैंकले संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत हिस्सेदारी कायम गर्न एफपीओ बिक्री गर्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्