अलपत्र गमला १ करोड २० लाख युरोमा लिलाम



पेरिस,(एजेन्सी)
फ्रान्समा दशकौं सम्म एउटा जुत्ता राख्ने बाकसमा वेवास्ता गरी राखिएको अठारौं शताब्दिको एउटा चिनिया गमला १ करोड ६२ लाख युरोमा बिक्रि भएके छ । मंगलवार फ्रान्सको राजधानी पेरिसको सोथविजमा यसको अनुमानित मुल्य ५ देखि ७ लाख युरो भन्दा २० गुण भन्दा बढिमा यो लिलाम भएके हो ।

अहिलेसम्ममै पहिलो पटक फ्रान्सको सोथविजमा एउटै वस्तु यति धेरै महँगो मुल्यमा लिलाम भएको स्थानिय संचार माध्यमले जनाएको छ । एउटा परिवारको पैतृक सम्पत्तिको रुपमा रहेको यो गमला हालसालै एउटा घरको माथिल्ला ेतल्लामा अलपत्र अवस्थामा फेला परेको थियो ।

सोथविजका एसियाली कला विशेषज्ञ ओलिभर भाल्मिरले भनेका छन् , ‘ ट्रेन , मेट्रो र विभिन्न घरघर हुँदै हिँडेर यात्रा तय गर्दै अन्तत सुथविजको मेरो कार्यालय सम्म आइपुगेको जुत्ता राख्ने कागजको बाकस भित्र रहेको यस गमलाले आज अखवार तताउन सफल भएको छ ।
यसका एक महिला मालिकले ल्याइ पु¥याएको यसलाई बाकसबाट निकालेर हेर्दा यसको सौन्दर्यबाट हामी आश्चर्यचकित बन्यौं । यो कलाको अनुपम नमुना हो । चिम आकारको ३० सेन्टिमिटर अग्लो यो हरियो , निलो , पँहेलो र प्याजी रंग पोतिएको गमला क्विंग वंशका एकजना सम्राटका लागि बनाइएको दावी गरिएको छ ।

यसमा जंगलाका हरिण , पन्छी र अन्य जनावरहरु चित्रित गरिएको छ भने यसको घाँटीमा सुन पोतिएको छ । यसमा सन् १७३६ देखि १७९५ सम्म चीन्मा शासन गर्ने सम्राट क्वियानलोंगको प्रमाण अँकित छ । सोथविजका प्रवक्ताले मात्र २० मिनेट लामो लिलाम बढाबढमा यो गमला बिक्रि भएका ेजानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्