‘ स्तनपान नगारउनु पनि महिला अधिकार ’



लन्डन,(एजेन्सी)
वेलायतको रोयल कलेज अफ मिडवाइभ्स ( आरसिएम ) ले यदि कुनै पनि महिलाले आफ्नो बच्चालाइृ स्तनपान नगराउने निर्णय गर्छिन् भने त्यसकलाइृ पनि सम्मान गरिनु पर्ने जनाएको ।

यदि महिलाहरुले फर्मुला मिल्क प्रयोग गरी बच्चालाई बोटलबाट दुध पिलाउने इच्छा राख्छन् भने त्यो तिनीहरुको मानव अधिकार भित्र पर्ने विषय भएको पनि यस कलेजले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । तर तिनीहरुलाइृ बोटलबाट दुध पिलाउने सम्बन्धमा पनि आवश्यक सरसल्लाह , सुचना र सहयोग प्रदान गरिनु पर्ने बताइएको छ ।

तर आरसिएमले स्तनपान भनेको स्तनपानै रहेको र यसको फाइदा कतै दाँज्न नसकिने भएकाले अहिले केहि महिला जसरी भएनि आफ्ना सन्तानलाई स्तनपान गराउन संघर्षरत रहेको पनि जनाएके छ । तर तिनीहरुको छनौटलाई पनि प्रवर्धन गरिनुपर्ने जनाइएको छ ।

नेसनल चाइल्ड बर्थ ट्रस्टले आफ्ना बच्चाहरुलाइृ स्तनपान गारउने विषयमा महिलाहरुमाथि परिवार , साथभिाई लगायत नचिन्ने व्यक्तिहरुले समेत अस्विकार्य सतरमा दवाव आइरहने गरेको जनाएको छ । सन् २०१६ मा लिभरपुल विश्वविद्यालयका अनुसनधानकर्ताहरुले यस विषयमा भर्खरै आमा बनेका एक हजार छ सयजना भन्दा महिलाको अनुभव माथि अध्ययन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्