सिंगापुर शिखर वार्ता: सैन्य अभ्यास अन्त्य गर्ने ट्रम्पको घोषणाले पेन्टागन अलमलमा



सोल, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्तापछि गरेको कोरियाली प्रायद्विपमा सैन्य अभ्यास बन्द गर्ने घोषणाले उनको सहयोगी देश दक्षिण कोरिया मात्र नभएर पेन्टागन पनि अलमलमा परेको बताइएको छ ।

सिंगापुरमा ट्रम्पको घोषणाको केहि घण्टा नवित्दै दक्षिण कोरियामा तैनाथ अमेरिकी सन्य अधिकारीहरुले अहिले पनि सैन्य अभ्यासको तयारी भइरहको बताएका थिए । यस सम्बन्धमा निर्देशन नआएसम्म तयारी प्रक्रिया जारी रहने उनीहरुले बताएका थिए । सन् २०१५ देखि अमेरिका र दक्षिण कोरियाबी हुने सैन्य अभ्यासलाई उल्ची फ्रिडम गार्डियन (युएफजी) भन्ने गरेको छ ।

दक्षिण कोरियामा अमेरिकी सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जेनिफर लवेटले एक इमेलमा भनेका छन्– यहाँ अमेरिकी कमान्डलाई सैन्य अभ्यास रोक्ने सम्बन्धमा कुनै निर्देशन प्राप्त भएको छैन । जबसम्म हामीलाई रक्षा मन्त्रालयबाट कुनै अपडेट प्राप्त हुँदैन तबसम्म यो स्थितिलाई अगाडी बढाइरहनेछ ।

वासिङटनमा पेन्टागन, विदेशमन्त्रालय र ह्वाइट हाउसका अधिकारी अहिले सम्म ट्रम्पको घोषणाको असर थाहा पाउन लागिरहेका छन् । पेन्टागनका प्रवक्रा क्रिस्टोफर लोगनले एक इमेलमा भनेका छन्– रक्षा मन्त्राल ह्वाइट हाउससँग मिले आफ्ना सहयोगीहरुसँग भविष्मा काम गरिरहने छ । पछि जानकारी प्राप्त भएपछि हामी यस विषयमा थप सुचना उपलब्ध गराउने छौं ।

ट्रम्प र किमको सफल बैठकको सराहना गर्दै दक्षिण कोरियाका राष्टपति मुन जेइ इनले यसबाट अन्तिम शित युद्ध समाप्त हुने बताएका छन् ।
तर सोलसँग सैन्य अभ्यास बन्द गर्ने ट्रम्पको प्रतिबद्धताले कयौं दक्षिण कोरियाली स्तब्ध छन् । बार्षिक सैन्य अभ्यास गठबन्धनको एक अभिन्न हिस्सा रहेको छ । उक्त सैन्य अभ्यासको उद्देस्य उत्तर कोरिया विरुद्ध दक्षिण कोरियालाइ आफनो रक्षाका लागि तयार पार्नु र सोललाई क्षेत्रका ठुला शक्तिहरुबाट सुरक्षित राख्नु हो ।

ट्रम्पको घोषणापछि दक्षिण कोरियाली राजधानीमा यस विषयलाई लिएर उत्तर कोरियाको परमाणु हतियार नष्ट गर्नु अगाडी नै वासिङटनले उक्त प्रतिबद्धता दिन हटार गरेको अनुमान गरेका छन् । दक्षिण कोरियाली रक्षा मन्त्रालयले तत्काल बयान जारी गरी ट्रम्पको मनसाय बुझ्ने प्रयास भइरहेको जनाएको छ ।
जापानको रक्षा मन्त्रालयले पनि बुधबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास पुर्व एसियाली देशको सुरक्षाका लागि अत्यन्त आवश्यक भएका जनाएको छ । रक्षा मन्त्री इत्सुनोरी आनोदेराले पत्रकारहरुलाई भने– हामी यस मुद्दामा जापान, अमेरिका र दक्षिण कोरियाबीच समन्वय स्थापित गर्ने प्रयास गर्नेछौं ।
प्रतिबन्ध फिर्ता गर्न ट्रम्प राजी भएको दावी
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियामािथ लगाइएका प्रतिबन्ध हटाउनका लागि राजी भएको र देशको सुरक्षाको ग्यारेन्टी पनि दिएको उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनले दावी गरेको छ ।

सिंगापुरमा उत्तर कोरियाली नेता किमसँगको ऐतिहासिक शिखर वार्तापछिको पत्रकार सम्मेलनमा ट्रम्प प्रष्ट शब्दमा परमाणु हतियार नष्ट गर्ने विषयमा विश्वास दिलाएपछि मात्र उत्तर कोरियामाथिको आर्थिक प्रतिबन्ध हट्ने बताएका थिए ।

केसीएनले आफनो रिपोर्टमा किमले डोनाल्ड ट्रम्पको ह्वाइट हाउस आउन दिएको निमन्त्रणा पनि स्विकार गरेको जनाएको छ । ट्रम्पले दक्षिण कोरियासँगको सैन्य अभ्यास रोक्ने लगायत उत्तर कोरियामाथि लगाइएका प्रतिबन्ध फिर्ता लिने संकेत दिएको पनि समाचारमा उल्लेख गरेको छ ।

यद्यपी उक्त दावीको अहिलेसम्म पुष्टि हुन सकेको छैन । यस विषयमा ह्वाइट हाउसले पनि कुनै बयान दिएको छैन । ट्रम्पले मंगलबार सिंगापुरमा कोरियाली प्रायद्विपको वार गेम्स अन्त्य हुने बताएका थिए । उनले उत्तर कोरियालाई दबाव बनाइराख्न प्रतिबन्ध भने जारी रहने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्