उत्तर कोरिया अब परमाणु खतरा होइन: ट्रम्प



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले स्वदेश फिर्ता लगत्तै किम जाङ उनसँग सिंगापुरमा भएको आफनो बैठकको उल्लेख गर्दै पहिला सोचिएको जस्तो उत्तर कोरियाबाट अब कुनै परमाणु खतरा नभएको ट्विटमा उल्लेख गरका छन् ।
आफना पुर्ववर्ती बाराक ओबामामाथि ब्यंग गर्दै उनले उत्तर कोरिया सबैभन्दा ठुलो समस्या भएको बताएको, तर सिंगापुरमा सम्पन्न बैठकपछि त्यसतो नभएको उनले बताए ।

लामो यात्रापछि अहिले फर्केको छु , तर अब जसले पनि ति दिनको भन्दा धेरै सुरक्षित महसुस गर्न सक्छ, जुन बेला मैले पद ग्रहण गरेको थिएँ । उत्तर कोरियाबाट अब परमाणु खतरा छैन । किम जोङ उनसँग मेरो बैठक रोचक थियो र अत्यन्तै सकारात्मक अनुभव रह्यो । उत्तर कोरियामा भविष्यमा पर्याप्त सम्भावना छ – ट्रम्पले भनेका छन् ।

आफनो अर्को ट्विटमा ओबामामाथि आक्रामक हुँदै ट्रम्पले भने– मेरो पद ग्रहण गर्नु अगाडी जनता हाी उत्तर कोरियासँग युद्ध गर्न गइरहेको सोच्थे । राष्ट्रपति बाराक ओबामाले उत्तर कोरिया सबैभन्दा ठुलो खतरनाक समस्या बताएका थिए । अब छैन, राती आरामले सुत्नुस् ।
सिंंगापुर शिखर वार्तामा किमले परमाणु हतियारको पुर्ण निसस्त्रिकरणको प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्