किटनाषक औषधिको कारण अण्डा फिर्ता



वर्लिन,(एजेन्सी)
प्रयोगशाला परिक्षणबाट अण्डाहरुमा किटनाणक औषधि फिप्रोनिलको अवशेष देखिएको पाइएपछि ६ वटा जर्मन राज्यका बजारमा बिक्रिका लागि राखिएका करिव ७३ हजार वटा अण्डा फिर्ता लिइएको छ ।

तर लोअर सयक्सोनीका कृषि अधिकारीहरुले नेडरल्यान्डको अर्गानिक फार्मबाट आएका ति अण्डा मानव स्वास्थका लागि हानिकारक वा खतरा नरहेको दावी गरेका छन् । जनावरहरुको जुम्रा मार्नका लागि फिप्रोनिलको प्रयोग गरिने गरिन्छ । तर युरोपेली संघ ( इयु ) ले कुखुरा जस्ता जनावरमा यसको प्रयोगमाथि प्रतिवन्ध लगाएको छ । फिप्रोनिल आतंककै कारण गत वर्ष युरोपभरिका सुपरमार्केटबाट लाखौं संख्यामा अण्डा नष्ट गरिएको थियो ।

सरकारी अधिकारीहरुले जर्मन शहर भेच्टाको प्याकेजिंग स्थलमा अण्डामा यस किटनाषक औषधिको अवशेष भेटिएको दावी गरेका छन् । सो अवशेष युरोपेली संघद्वारा निर्धारण गरेको प्रति किलोग्राममा ० दशमलव ००५ मिलिग्रामको स्तरभन्दा माथि रहेको बताइएको छ । तर मानव स्वास्थमा हानी पु¥याउन त्यसको स्तर कम्तिमा ० दशमलव ०१९ मिलिग्राम प्रतिकेजि हुनुपर्ने विशेषज्ञहरुको दावी रहेको छ ।

ति अण्डा १७ मे देखि ४ जुनकोबिचमा जर्मनी आइपुगेको अनुमान गरिएको छ । कुन श्रोतबाट अण्डा संक्रमित हुन पुगेको भन्नेबारे व्यापक अनुसन्धान भइरहेको छ । ति अण्डामािथ गरिएका ेदोश्रो प्रयोगशाला परिक्षणको परिणाम आगामी साता सम्ममा आइसक्ने आशा गरिएको छ ।

गत वर्ष यस्त ैसम्स्याको कारण डच कुखुरा पालन नराम्ररी प्रभावित हुन पुगेको थियो । जसको कारण लाखौं संख्यामा अण्डा नष्ट गरिनु परेको थियो । त्यहिबेला बन्द गरिएका दसवटा कुखुरा पालन केन्द« अझै सम्म खुलिसकेको छैन ।

डच खाद्यान्न तथा उपभोक्ता सुरक्ष निकाय एभीडब्ल्युएले फिप्रोनिल काणड र अहिले बर्ड फ्लुको सन्त्रासको कारणले कृषकहरुलाई कुखुराहरुलाई खोरबाटै ननिकालीकन राख्नुसंग केहि सम्बनध छ वा छैन भन्नेबारे पनि अनुसन्धान भइरहेको जनाएके छ ।

प्रतिक्रिया दिनुहोस्