अपाचे हेलिकप्टर बेच्ने



नयाँदिल्ली (एजेन्सी)
अमेरिकाले भारतलाई ९३ करोड डलर मुल्य बराबरको ६ एएच–६४ अपाचे अट्याक हेलिकप्टर विक्री गर्न स्विकृत गरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यसबाट भारतको आन्तरिक तथा क्षेत्रिय खतरासँग लड्ने क्षमतामा बृद्धी हुने जनाएको छ ।

अपाचे हेलिकप्टर सेन्सरको सहयोगबाट राती पनि उडान सक्छ । पेन्टागनको डिफेन्स सेक्युरिटी कोपरेसन एजेन्सीले यस सम्बन्धमा विदेश मन्त्रालयको निर्णयका विषयमा सुचित गरेको छ ।

यदि कुनै सांसदले यसको विरोध नगरेमा विक्री प्रक्रिया अगाडी बढ्ने अपेक्षा गरिएको छ उक्त हेलिकप्टरसँगै अन्य सैन्य उपकरण तथा प्रणाली पनि बिक्री गर्ने सुचीमा समावेश गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्