अनौठो वलय



हवाई (एजेन्सी)
खगोलशास्त्रीहरुले हाम्रो आकाशगंगा मिल्की वेको अत्यन्त विशाल ब्ल्याक होल नजिकै कयौं अनौठ बस्तुहरु फेला पारेका छन् । ग्यासको बाडल जस्तो देखिने ती बस्तुहरु तारा भएको विश्वास गरिएको छ ।

हवाई स्थित किक अब्जभेटरीबाट देखिएका डाटाको प्रयोगबाट अनुसन्धानकर्ताहरुले कयौं आकाशिय वलयहरु फेला पारेका हुन् । ती सबै मिल्की वेको केन्द्रमा रहेको विशाल ब्ल्याक होलको अत्यन्तै नजिक रहेका छन् । टाँस्सिएका धुलोका ती अन्तरब्रम्हाण्डिय वलयहरु अत्यन्त तिब्र गतिमा ब्ल्याक होल नजिकै घुमिरहेको सोधका प्रमुख लेखक अन्ना सिउर्लोले बताइन् ।

प्रतिक्रिया दिनुहोस्