गोरेको लगानी बाजेको सेकुवामा



काठमाडौ । ३८ क्विन्टल सुन तस्करी प्रकरण तथा सुन भरिया सनम शाक्य हत्या काण्डका प्रमुख सुत्रधार चुडामणि उप्रेती गेरेका मामा चेतनाथ भण्डारी भनिने चेतन भण्डारीले संचालन गरेको बाजेको सेकुवामा प्रहरीले बुधबार छापा मारेको छ ।

सुन तस्कर गेरेले अबैध रुपमा कमाएको रकम भण्डारीले संचालन गरेको बाजेको सेकुवामा लगानी गरेको फेला पारेपछि ६ वटा सेकुवा पसलमा छापा मारेर सिलवन्दी गरेको सुन काण्ड छानवीन गर्न गठित समितिले जानकारी दिएको छ ।

प्रहरीले भण्डारीले संचालन गरेको अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तीसपुतली, कमलपोखरी र गैरीधारास्थित सेकुवा कर्नरमा छापा मारेकोहो ।

हाल अमेरिकामा रहदै आएका भण्डारीले बिना कारण आफ्नो रेष्टुरेन्टमा प्रहरीले छापामारेको दावी गरेका छन । ३३ केजी सुन काण्डलाई सुष्मरुपमा अनुसन्धान शुरु गरेको समितिले अबैध रुपमा सुनको लगानी बाजेको सेकुवा समेत भएको पुष्टी भएपछि छापा मारेको समितिका एक सदस्यले नेपाल समाचारपत्रलाई जानकारी दिएका छन ।

मोरङ जिल्ला अदालतलृे समेत बाजेको सेकुवाको लगानीका बारेमा गम्भिर सवाल जवाफ गर्नुपर्ने भएकाले तत्कालै छापा मारेर सिलवन्दी गर्न समितिलाई अनुमति दिएको थियो ।

हाल मोरङ कारागारमा रहेका उप्रेतीले बाजेको सेकुवाका संचालक चेतन भण्डारीसंग आफ्नो लेनदेन रहेको बयान दिएपछि समितिले उक्त सेकुवा कर्नरमा छापा मारेको हो ।

समितिको फरार सुचीमा रहेका चेतनले विभिन्न शक्ति केन्द्रलाई आफ्नो प्रभावमा पार्न खोजेको भएपनि समितिले भने अनुसन्धानलाई तीव्रता दिएको छ ।

राजधानीका चेन नै बनाएर संचालनमा आएको बाजेको सेकुवा १० स्थानमा संचालित छन । १० वटा मध्ये ९ वटा भण्डारीको नाममा र १ वटा उनको सालोको नाममा दर्ता रहेको समितिले जानकारी दिएको छ ।
समितिले गेरे र भण्डारीबीच पटक पटक ठुलो रकम लेनदेन भएको समेत फेला पारेको छ । गेरेले अबैध सुनको लगानी ती सेकुवा कर्नरमा रहेको बताएपछि अवस्था गम्भिर बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्