गयुमलाई जेल सजायँ



माले (एजेन्सी)
मालदिभ्सको एक अदालतले सरकार अपदस्थ गर्ने षडयन्त्र गरेको आरोपलाई लिएर प्रहरी अनुसन्धानलाई सहयोगन नगरेकोमा एक पुर्व प्रभावशाली राजनेतालाई १९ महिनाको जेल सजायँ सुनाएको छ ।

हिन्द महासागर स्थित उक्त सानो टापु राष्टमा सन् १९७८ देखि सन् २००८ सम्म शासन गरेका मौमुन अब्दुल गयुम बर्तमान राष्ट्रपति यामिन अब्दुल गयुमको शासनकालमा जेल जाने दोस्रो पुर्व राष्ट्रपति हुन् । गत फेब्रुअरीमा आफना सौतेला भाइ यामिनको सरकार अपदस्थ गर्ने प्रयास गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्