मूल्यवृद्धि विरुद्ध नेविसंघको प्रदर्शन



भक्तपुर, (नेस) । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघ भक्तपुरले आज मूल्य बृद्धिको विरोधमा प्रर्दशन गरेको छ । मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरबाट सुरु भएको बिरोध प्रर्दशनमा नेबिसंघ भक्तपुरका नेता सुदिन श्रेष्ठ सहितको विद्यार्थी टोलील बिरोध प्रदर्शन गरेको हो ।

गठ्ठाघरबाट सुरु भएको र्याली थिमिसम्म पुगेर कोणसभामा परिणत भएको थियो । पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिसंगै ढुवानीमा मूल्य बढेर सर्वसाधारण माथि प्रत्यक्ष असर पुगेको भन्दै मूल्य बृद्धि फिर्ता गर्न माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्