काठ तस्करीका नाइके सशस्त्रका डिएसपी निलम्वित



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गाडीमा काठ तस्करीमा संलग्न रहेका अरुण गुल्म चैनपुर संखुवासभाका सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीलाई सशस्त्र प्रहरी बलले बुधबार निलम्वन गरी कारवाही अगाडि बढाएको छ ।
घटनामा संलग्न रहेका अन्य तीन जना सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल र मिलनकुमार राई तथा सो गाडीका चालक सशस्त्र प्रहरी जवान दिपेन्द्र कुमार कर्माकारलाई पनि निलम्वन गरी कारवाही अगाडि बढाएको सशस्त्र प्रहरी बलको सुचना शाखाले जनाएको छ ।
डिएसपी भण्डारी सहितको टोलीले जेठ २१ गते सो गुल्मको बा. १ ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर तस्करीकालागि धरानतर्फ लैजान लागेको अवस्थामा धनकुटाको मूलघाटमा रहेको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेशको टोलीले नियन्त्रणमा लिएको थियो ।
सो घटनाबारे जानकारी प्राप्त हुनासाथै पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालको अध्यक्षतामा छानवीन समिति गठन गरिएको थियो । सो घटनाको गाम्भिर्यतालाई ध्यानमा राखेर तत्कालै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय छानवीन समिति गठन गरिएको थियो ।
छानवीन समितिमा सशस्त्र प्रहरी उपरीक्षक नेत्रकुमार खत्री र सशस्त्र प्रहरी नायव उपरीक्षक कम प्रसाद तिमलसिना सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्