असार ५ प्रधानमन्त्री ओली चीन जाने



नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली ५ असारमा चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले ओलीको चीन भ्रमणको औपचारीक जानकारी गराएको हो । भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत रहेको मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङका साथै चिनियाँ समकक्षी ली खछ्याङ लगायतका नेताहरुसँग भेटवार्ता गर्नेछन् । साथै नेपाल र चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्