बुद्ध मावली क्षेत्रका स्कुलमा बौद्ध शिक्षा लागु्



नेपाल समाचारपत्र, बुटवल ।
देवदह नगरपालिकाले स्थानिय परिवेश र पहिचानका लागि स्थानिय पाठयक्रममा आधारित पाठयपुस्तक तयार गरी नगर भित्रका बिद्यालयमा लागु गरेको छ ।

भगवान गौतम बुद्धको मावलीस्थलमा रहेको देवदहमा बौद्ध शिक्षा र देवदह परिचय नामक स्थानिय पाठयपुस्तक संस्थागत र सामुदायिक दुवै बिद्यालयका कक्षा ६ र ७ मा लागु गरिएको छ ।

गत बर्ष ६ कक्षामा मात्र शुरु भएको पाठ्यपुस्तक यसबर्ष नेपाली र अंग्रेजी दुवैमाध्यमबाट अध्यापन शुरु हुने पुस्तक बिमोचन कार्यक्रममा देवदह नगरपालिकाका तर्फबाट जानकारी गराईएको छ । प्रदेश नं ५ का सामाजिक मन्त्री सुदर्शन बरालले संघिय ढाँचामा मुलुक अघि बढेपछि स्थानिय सरकारले गर्ने यस्ता प्रयासहरुले हरेक क्षेत्रमा स्वावलम्वी क्षमताको विकास गर्ने बताउनु भयोे ।

उहाँले बुद्धको मावलीबाट शुरु भएको यो अभियान अव प्रदेशभरी र देश भरीका स्थानिय तहले प्रेरणा लिन सक्ने बताउनु भयो । उहाँले भन्नु भयो स्थानिय पाठयक्रम बिद्यालयस्तरमा धेरै स्थानमा लागु गर्ने प्रयास भएपनि नगरभरी एक रुपताका साथ नगरपालिकाको स्थानिय उद्देश्य पुरा गर्न गरी ल्याएको यो तरिका आफैमा रामंो रहेको बताउनु भयो ।

पाठयक्रम निर्माण समितीका संयोजक सिद्धिचरण भटराईले देवदह नगरपालिका बने संगै स्थानिय पाठयपुस्तक र पाठयक्रमको अवधारणा नगरपरिषदले पारित गरेर अगाडि बढेको स्मरण गर्दै ०७६ साल सम्म यो पाठयक्रम परिक्षणको रुपमा लागु हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्