लोप हुँदै कर्णालीका माछा



हिक्मत नेपाली, दैलेख ।

कर्णाली नदीबाट पछिल्लो समय विभिन्न प्रजातिका माछा हराउँदै गएका छन् । स्वादिलो माछाका लागि प्रसिद्ध कर्णाली नदीका विभिन्न प्रजातीका माछाहरु लोप हुँदै गएका हुन् । माछा लोप हुँदै गएपछि माछा मारेर दैनिक गुजारा चलाउने कर्णाली अदी आसपास क्षेत्रका बासिन्दा मध्ये केही परिवारको पेशा संकटमा परेको छ । स्वादिला माछाका प्रजाति लोप हुँदै जाँदा उनीहरूको पेशा समेत संकटमा परेको हो । खोलामा करेन्ट लगाएर माछा मार्न थालेपछि यहाँका माछा लोप हुने अवस्थामा पुगेको छ ।

गर्मी याम सुरु भएसगै प्राय स्थानीय खोलामा माछा मार्नेहरूले करेन्ट प्रयोग गर्न थालेपछि माछा लोप हुने खतरा बढेको हो । कर्णाली नदीको मध्य जलाधार क्षेत्र भित्र करेन्टले जथाभावी माछा मार्ने कार्य बढ्दै गईरहेको छ । अत्याधिक करेन्ट र बिषादीको प्रयोगले माछा मार्नथालेपछि कर्णाली प्रदेशका स्थानीय खोला तथा नदिहरूमा माछा पाउन छोडेको हो ।

कर्णाली प्रदेशको कर्णाली नदि पछिको सवै भन्दा माछा पाउने स्थान अछाम र दैलेखको सिमानामा रहेको रामघाट खोलामा करेन्टले माछा मारेपछि पहिलेको भन्दा कमै मात्रामा माछा पाउने गरेको आठविस नगरपालिका १ का धिरेन्द्र बादीले बताए ।

‘आजभोली करेन्टका कारण जाल र झरौलामा माछा मार्न छाडी सके साना साना बालबालीकाहरू समेत करेन्टको प्रयोग गरीरहेका छन, नदीमा माछानै पाउन छोडीसक्यो, उनले भने ।

खोलामा ब्याट्री लगेर समूह बनाई दिनँहु अव्यवस्थित रूपमा माछा मार्ने क्रम बढ्नाले धेरै माछाका प्रजातीहरू हराएका छन । खासगरी पहिलेको तुलनामा अहिले माछाका प्रजाती देखीन छाडेको समेत त्यहाँका स्थानीय बुढापाका बताउछन् । जाल खेलेर जिवीका चलाउनेको आयस्रोत बन्ने माछा संकलन कार्य आजभोली करेन्ट संकटमा परेको छ ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले माछा संरक्षण लागि स्थानीय तहहरुले कानून नै पास गर्नुपर्ने बताए । विषादी प्रयोग, वम पट्काउने र करेण्ट ल्याउनेको संख्या अत्याधिक बढेको छ ।

माछा लोप हुँदै गएपछि विज्ञहरु चिन्तित

जबसम्म स्थानीय तहले कानून बनाउन सक्दैनन् तबसम्म विषादी, बम र करेण्टको प्रयोगलाई नियन्त्रण गर्न नसकिने उनको भनाई छ । विषादी, वम र करेण्ट प्रयोग गर्ने समुदायलाई कानून बनाएर कारवाहीको दायरामा ल्याउनुपर्छ, उनले भने,

उता जलधारमा माछाहरु लोप हुँदै गएपछि विज्ञहरुले चिन्ता व्यक्त गरेका छन । पानी परियोजना, रिर्सोसर हिमालय फाउण्डेशन र सुर्वोदय जुम्लाले दैलेखमा आयोजना गरेको एक कार्यक्रममा नेपाल कृषि अनुसन्धान केन्द्रका माछा सम्बन्धि विशेषज्ञ डा.अरुणप्रसाद वैद्यले पछिल्लो समय विषादी, वम र करेण्टको अत्याधिक प्रयोगले नदिका माछा कम मात्रा पाईने गरेकोमा चिन्ता व्यक्त गरेका छन् ।

नेपालमा २३० प्रजातीका माछाहरु पाइने उनले जानकारी दिए । कर्णाली नदिमै मात्र ८ प्रजातीका माछाहरु पाइने गरेको उनले बताए । त्यही माछाहरु महाजाल र करेण्टको प्रयोगले माछाहरु लोप हुदै गएको उनले बताए । फलामे सहर माछा सबैभन्दा बढी लोप भएको उनले बताए । स्थानीय तहले नै जलचर सम्बन्धी कानून बनाएर कार्यान्वय गरेमा प्रभावकारी हुने रिसोर्सेस फाउण्डेशन टिम लिटर डा.कमल अधिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्