बाजेको सेकुवामा सुन तस्करी प्रकरण अनुसन्धान समितिको छापा



नेपाल समाचारपत्र, काठमाडौँ ।
करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको सरकारी समितिले प्रतिवादी चेतनाथ भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा छापा मारेको छ।
नक्साल, गैरीधारास्थित शाखामा समितिले बुधबार छापा मारेको हो। गत चैतमा सुन तस्करीको अनुसन्धान समितिले काम थालेपछि भण्डारी फरार भएका छन्।

सरकारी अधिकारीहरुले संगठित अपराध निवारण ऐन २०७० अनुसार मोरङ जिल्ला अदालतको आदेशमा बाजेको सेकुवा कर्नरमा छापा मारेको बताइएको छ । समितीले प्रतिवादी भण्डारीको पूर्ण स्वामित्वमा रहेका ५ र उनका नातेदार सञ्चालक रहेको १ गरी ललितपुर र काठमाडौंमा रहेका ६ स्थानमा छापा मारेर शिलबन्दी गरेको हो।

ऐनअनुसार संगठित अपराधका आरोपीले अपराध गरेर कमाएको घन शुद्धीकरणका लागि व्यवसायमा मिसाएको हुनसक्ने आशंकामा छानबिनको अधिकार दिएको छ।

प्रतिक्रिया दिनुहोस्