सिंगापुर र दुई नेता



विश्वको ध्यान अहिले सिंगापुरको पर्यटकीय नगरी सन्तोसा आइल्यान्डको क्यापेला होटलमा थियो।

त्यहाँ थिए विश्वको रुढीवादी कम्युनिस्ट राष्ट्र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र महाशाक्तिशाली राष्ट्र भनिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमबीचको ऐतिहासिक बार्ता कसैका लागि हासी मजाक र कसैका लागि तेस्रो विश्वयुद्ध टरेको भन्दै खुशियाली साटासाट गरेको दिनका रूपमा लिइएको छ।

दुई नेताबीच हुने वार्ता भाडिने भन्दै विश्वका हतियार माफियाहरूले मिडियालाई दुरूपयोग गरे पनि दुई नेताको सुझबुझपूर्ण निर्णय भएको समाचार बाहिर आएपछि धरहरालाई पनि लाग्यो के अब विश्व मानचित्रबाट लगभग एक्लिएको उत्तर कोरियाली शासक र जनताले तेस्रो विश्वको समेत अवलोकन गर्न पाउने बाटो खुलेकै हो त।

दुवै देशका मुर्ख स्वभावका नेताहरूले विश्वलाई नै जिल्ल पार्दै बार्ता अगाडि बढाउने घोषणा गरेपछि धरहरा पनि खुसीले गद्गद् भएको छ तपाईं नि पाठकवृन्द !

प्रतिक्रिया दिनुहोस्