जर्मनी चौथोपटक च्याम्पियन (२०१४)



फुटबलको पर्यायवाची ब्राजिलले २०औँ संस्करणको फिफा विश्वकप आयोजना गरेको थियो। जहाँ युरोपियन राष्ट्र जर्मनी चौथो पटक च्याम्पियन बन्यो। सेमिफाइनलमा आयोजक ब्राजिललाई ७–१ को फराकिलो गोलअन्तरले हराएको जर्मनीले फाइनलमा लियोनल मेसीको अर्जेन्टिनाको चुनौती पाएको थियो। निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा टुंगिएको उक्त खेलको अतिरिक्त समयमा जर्मनी १–० ले विजयी बन्यो।

जर्मनीलाई चौथोपटक विश्व च्याम्पियन बनाउन मारियो गोट्जेले १ सय १३औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो। योसँगै इटालीसँगैं ४ पटक विश्वकप उपाधि जित्नेको सूचीमा जर्मनीले बराबरी गर्यो। जब कि यसअघि तीन पटक विश्व च्याम्पियन हुँदा पश्चिम जर्मनी टोली थियो। प्रतियोगिताभरि ६ गोल गरेका कोलम्बियाका जेम्स रोड्रिग्वेज सर्वाधिक गोलकर्ता बने। लियोनेल मेसी उत्कृष्ट खेलाडी हुँदा फ्रान्सका पाउल पोग्बा बेस्ट योंग प्लेयर र जर्मनीका मानुएल निउर बेस्ट गोलकिपर घोषित भए।

कुल ३२ राष्ट्रले एउटा ट्रफीका लागि प्रतिस्पर्धा गर्ने विश्वकप पहिलो पटक रसियामा हुँदै छ। अहिले विश्वका सारा फुटबलप्रेमीको ध्यान त्यतैतिर केन्द्रित छ। जुन १४ देखि जुलाई १५ सम्म रसियामा हुने विश्वकपमा लागि अहिले छनोट भएका ३२ वटै टोली विश्वकपको ट्रफी उचाल्ने लक्ष्यसहित तम्तयार बसेका छन्।

जर्मनीका मिरोस्लाभ क्लोज विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। यसपटक पनि जर्मनी टोलीका थोमस मुलरलाई नयाँ कीर्तिमान बनाउने अवसर मिलेको छ। पछिल्ला दुई विश्वकपमा कुल १० गोल गरेका उनी अन्य खेलाडीभन्दा अगाडि छन्। यदि उनले रसियामा ६ गोल कटाएमा आफ्नै देशको क्लोजले बनाएको कीर्तिमान बराबरी गर्नेछन्। सन् २००२ देखि २०१४ सम्म ४ पटक विश्वकप खेलेका कलोजले १६ गोल गरेका छन्। सन् २००६ मा घरेलु मैदानमा ५ गोल गर्दै उनले गोल्डेन बुटसमेत जितेका थिए।

प्रतिक्रिया दिनुहोस्