पहिरोले १३ जनाको मृत्यु



ढाका । बङ्गलादेशको दक्षिणपश्चिमी भेगमा पर्ने दुई वटा जिल्लामा भारी वर्षापछि गएको पहिरो कम्तीमा १३ जनाको मृत्यु भएको छ । दुईवटा जिल्ला मंगलबार बिहान सबेरै प्रकोप शुरु भएको प्रहरी अधिकारीहरुले बताएका छन ।

सदरमुकाम ढाकाबाट २ सय ९२ किलोमिटर टाढा रहेको रनगामती जिल्लामा पहिरोबाट ११ व्यक्तिको मृत्यु भएको छ ।

कोक्स बजारमा एक रोहिङ्ग्या शरणार्थीसहित दुई जनाले जीवन गुमाएका छन् ।  कोक्स बजारमा म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वको कारण विस्थापित भएका करिब १० लाख रोहिङ्ग्या मुसलमान शरणार्थीको बसोवास छ ।

गत वर्षको जुनमा पनि बङ्गलादेशको चटगाउँलगायतका जिल्लामा पहिरोमा परी १ सय ५३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्