हामीलाई बस्ने ठाउँ खोई ?



प्रदेश नं ७ को सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आव २०७५÷०७६ को नीति तथा कार्यक्रममा सीमान्तकृत समूदायलाई उपेक्षना गरेको देखिएको छ । हरेक क्षेत्रमा पछाडि पारिएका समुदाय स्थानीय सरकारबाट पनि उपेक्षित हुनुपरेको छ । स्थानीय सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिएको पाइएको छैन । राजी, वादी, दलित, महिला, सीमान्तकृत, अल्पसंख्यकलाई उचित बसोबास, शिक्षा, स्वास्थ्यको व्यवस्थाका साथै सामाजिक सुरक्षा कार्यक्रममा समेटिएको छैन । अछामको विनायक नगरपालिका क्षेत्रमा यही जेठ २४ गतेको पहिराका कारण स्थानीय २१ घरका परिवारको बिचल्ली भएको छ । पिडित परिवारलाई अहीलेसम्म सरकारले केही ब्यबस्थापन र राहतका विषयमा मुख खोलेको छैन ।
सुधा बादी, धनगढी

प्रतिक्रिया दिनुहोस्