कहिले बन्छन ४० आधुनिक शहर



सरकारले अघि सारेका ४० आधुनिक शहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजनामा कुनै काम भएको देखीएको छैन । आर्थिक वर्ष २०६७/७८ देखि मध्यपहाडी राजमार्गमा पर्ने १० वटा शहरको छनोट गरी नयाँ शहरका रूपमा विकास गर्ने सरकारको लक्ष्य अहिलेको कामको गति हेर्ने हो भने तुहिने निश्चित छ ।

तत्कालीन पाँच विकास क्षेत्रका दुई–दुईवटा बस्ती छनोट गरी काम शुरु समेत भएको थियो । ती आयोजनाका काम कछुवा गतिमा बढेको छ ।

परियोजनाका लागि १० आयोजना कार्यालय स्थापना गरिएपनि काम निक्कै सुस्त छ ।सरकारले आव २०७३÷७४ मा सुर्खेतको भेरी गंगा उपत्यका र प्यूठानको भिंग्रीलाई नयाँ शहरको रूपमा विकास गर्ने योजना अगाडि सारेको थियो । तराई मधेशको हुलाकी राजमार्गमा पर्ने १० वटा बस्ती र तराई मधेशका पाँच बस्तीलाई नयाँ शहरका रूपमा विकास गर्ने कार्यक्रमलाई बजेटमा समेत समावेश गरिएपनि काम प्रभावकारी रुपमा भएको छैन ।

सरकारले तत्काल काम द्रुत गतिमा नगरे पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, बागलुङको बुर्तिबाङ, अछामको साँफेबगर, तनहुँको डुमे्र, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, बैतडीको पाटन, प्यूठानको भिंग्री र सुर्खेतको भेरीगंगालाई मध्य पहाडी राजमार्गअन्तर्गतका १० नयाँ शहर निर्माण गर्ने अभियानले हावाखाने निश्चित छ ।
तुल्सी नगरकोटी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्