बचत र मुद्दतीमा सिभिल बैंकको उच्च ब्याज



काठमाडौं, (नेस) । सिभिल बैंकले बचत खाता योजना चन्द्रसूर्य बचत खाता ल्याएको छ । बैंकले यस बचत खातामा १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ ।

न्यूनतम मौज्दात एक लाख रुपिया“ रहेको यस बचत खातामा ग्राहकका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छुट तथा ५ लाखसम्मको दुर्घटना मृत्यु, अपांगताको निःशुल्क बीमाका घरदैलोमा गई सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

त्यसैगरी २२२ दिने मुद्दती खातामा १२ दशमलव २२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ, जसमा न्यूनतम मौज्दात तीन लाखरहेको छ ।सिभिल बैंकले ग्राहकलाई आगामी दिनमा थप आकर्षक योजना प्रदान गर्दै जाने बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्