अलमलमा फास्ट ट्रयाक



सुरेश तामाङ, काठमाडौं । बहुचर्चित राष्ट्रिय गौरबको आयोजनाको रुपमा सरकारले अगाडी सारेको काठमाडौं–तराई/मधेश दु्रतमार्गको काठमाडौंबाट प्रस्थान गर्ने प्रदेश मार्ग (० किलोमिटर) सानो खोकनामा देखिएको विवाद केही दिन देखि मत्थर भएको छ ।

सडक मार्ग बनाउन जिम्मा पाएको नेपाली सेनाको एक टुकुटी सानो खोकनामा बस्न थालेपछि उत्कर्षमा पुगेको खोकनाबासीको विरोधका स्वर बुंमतीको फर्सिडोलमा फाष्ट ट्रयाकको प्रस्थान विन्दु सार्ने निर्णय गरेपछि लगभग मत्थर भएको हो ।

सानो खोकनामा जग्गाको मुआब्जा विवाद हुँदै बढेको विवाद एैतिहासिक र साँस्कृतिक सम्पदाको नाश गर्ने, विस्थापित हुनुपर्ने, आदिवासी अधिकारको उल्लघंन गरेको, वातावरणिय प्रभाव मुल्याङकन प्रतिवेदन अक्षरस पालना गर्नु पर्ने लगायतका मागहरु राख्दै निरन्तर विरोध जनाई राख्यो ।

विरोधकै कार्यक्रममा खोकना बासीसँग नेवार समुदायका अन्य सडक विस्थापितहरुको साथमा विभिन्न ठाउँमा धर्नाका साथै उपत्यका बन्द सम्मको ग¥यो । तर खोकना बासीले उठाएको माग न सम्बोधन भयो न त फास्ट ट्रयाक नै निर्माण कार्य सुरु भयो ।

नेपालकै केही सडकको ट्रयाक खोल्ने काम उत्साह जनक ढंगले गर्दै आएको तर कुनै पनि सडकको अहिलेसम्म फिनिसिङको काममा व्यावसायिक दक्षता नबटुलेको सेनालाई यसरी पहिलो पटक यसियन स्ट्यान्डर्डको अन्तर्राष्ट्रिय स्तरको सडक निर्माणको जिम्मा दिएपनि सामान्य विवाद निस्केर लामो समयसम्म काम सुरु गर्न नपाउँदा सरकारी तबरले मध्यस्थ कर्ताको भूमिका खेल्न नसकेपछि सेना यस बिचमा झनै अलमलमा परेको देखियो ।

खोकनामा विवाद चुलिँदै गर्दा यसको विकल्प खोज्दै थियो । खोकनाबासीकै मागअनुसार सेनाले उच्चस्तरीय समिति बनाएर स्थानीय मागको सम्बोधन गर्ने तयारी गरेर वार्ता बस्नै लागेको थियो तर कुरा अर्कै भैदियो । अचानक फाष्ट ट्रयाकको ० किलोमिटर प्रस्थान विन्दु बुंगमती फर्सिडोल बनाउने कुरा बाहिर आएपछि खोकनाबासी भड्क्यो ।

नेपाल साँस्कृतिक पुर्नजागरण अभियानका केन्द्रिय सदस्य असोज महर्जन भन्नुहुन्छ–‘हामै्र माग अनुसार सेनाले उच्चस्तरी समिति बनाएर वार्तामा बसेर हाम्रो माग सम्बोधन गर्ने विषय भैरहेको थियो । वार्ताको तयारी पनि भैरहेको थियो । तर अचानक फाष्ट ट्रयाकको ० किलोमिटर बनाउने भनेपछि कुरा बिग्या्रे ।’

सैबु, भैँसेपाटी, खोकना र बुंमती खण्डमा विविध कारणले फाष्ट ट्रयाक निर्माण कार्य अवरुद्ध भएकोले देखा परेको समस्यालाई समाधान गरी निर्माण कार्य सुचारु गर्न सहज पार्न भन्दै गएको बैशाख २८ मा सांसद पम्फा भुसालको अध्यक्षतामा बैठक बस्यो ।

बैठकमा आयोगजना प्रमुख योगेन्द्र खाँड लगायत स्थानीय जनप्रतिनिधि समेत उपस्थित थिए । बैठकले प्रबेश विन्दु अर्थात ० किलोमिटर परिवर्तन, मुआब्जा बृद्धि, जग्गा अधिग्रहण, बाहिरी चक्रपथ र मातातिर्थ प्रशारन लाईनको १३२ केभिएको प्रसारण लाईन लगायत महत्वपूर्ण विषयमा छलफल गरेर निर्णय समेत लियो ।

बैठकले काठमाडौै तर्फको प्रवेश बिन्दु सानो खोकनालाई परिवर्तन गरी बुंगमतिको फर्सिडोलमा कायम गर्ने र सो बाट अगाडि द्रतमार्ग नबढाउने निर्णय उक्त निर्णय मन्त्रिपरिषदबाट पारित गराउन पेश गरिसकेको छ । तर अहिले सम्म सरकारको निर्णय भने आईपुगिसकेको छैन ।

उतm बैठकले त्यस्तो निर्णय लिएसँगै फाष्ट ट्रयाकको खोकना खण्डमा देखिएको खोकना बासीको विरोध हिजोआज लगभग सुन्ने प्राय छ । तर फाष्ट ट्रयाक खोकनामा बनेपनि नबनेपनि आदिवासीको विस्थापित हुने, सस्कृती तथा एैतिहासिक सम्पदाको लोप गर्ने खालका विकासका योजना विरुद्ध सधैँ विरोध गरिरहने उद्धघोष खोकना बासीको रहेको नेपाल साँस्कृतिक पुर्नजागरण अभियानका केन्द्रिय सदस्य महर्जनले बताउनुभयो ।

उचित मुआब्जा, स्थानीय विस्थापित नहुने अवधारणा सहितको योजना, एैतिहासिक सम्पदाको जगेर्ना र संरक्षण गर्दै विकास गर्ने योजना, वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनमा उल्लेखित बुँदाहरु अक्षरस पालना गर्ने प्रबद्दता गर्न इच्छुक सरकार पक्षले देखाए खोकनामा प्रस्थान बिन्दु बनाउन खोकना बासी सकरात्मक रहेको उहाँको भनाई छ ।

एक मिनेटमा ३५ वटा मालबाहक सवारी ६० देखि १२० प्रतिघण्टामा गड्दा निस्कने धुलो धुवाँले मानवबस्तीमा क्षयरोग, एचआईभी÷एड्स, क्यान्सरका रोगीको संख्या बढ्दै जाने र त्यो संख्या दिर्घकालिनसम्म नघट्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै फाष्ट ट्रयाक बनिसकेपछि बस्तीमा लुटपात, चोरी डकैडी मच्चिने, चेलीबेटी तथा मानबबेचविखन बढ्ने भनिएको छ भने । रोजी रोटी नहुँदा खोकना, बुंगमती लगायत क्षत्रका स्थानीयले थातथलो छोडेर अन्तै जानु पर्ने स्थिति आउन सक्नेतिर प्रतिवेदनले औल्याएको छ ।

प्रतिवेदनमा उल्लेखित यस्ता समस्या समाधानका लागि तत्काल गर्नु पर्ने कार्यहरु तुरुन्त थाल्नु पर्ने मुख्य माग नै खोकना बासीको रहेको छ । अर्काे कुरा खोकना र बुंगमतीमा एैतिहासिक र पुरातत्विक सम्पदाहरु रहेकोमा त्यस सम्पदालाई आयोजनाले प्रत्यक्ष असर गर्ने भएपनि यस विषयमा प्रतिवेदनमा एक शब्द नपोखेकामा खोकना बासी असन्तुष्ट छन् ।

भलै फाष्ट ट्रयाकको काठमाडौं तिरको प्रदेश विन्दु अर्थात बसपार्क खोकनाबाट बुंगमतीको फर्सिडोलमा सार्ने निर्णय भएर मन्त्रिपरिषदबाट पारित गराउन पठाईसकेको छ । मन्त्रिपरिषदबाट कस्तो निर्णय आउँला भन्नेमा यतिबेला खोकनाबासी, बुंगमती, फर्सिडोल र नेपाली सेना पर्ख र हेरको अबस्थामा छन् ।

तर बुंगमतीमा बसपार्क राख्ने स्थानीय स्तरमा निर्णय भैरहँदादेखिनै स्थानीयले विरोध गरिरहेको छ भने यदी यहाँ नै बनाउने सरकारले निर्णय गरे पनि स्थानीयको मागलाई समयमै सम्बोधन नगरे उही खोकनाकै पारा नदोहो¥याउँला भन्न सकिँदैन ।


खोकनाबासीले सिकाली मन्दीर र उस्को हाता भित्रको मैदानलाई लिएर ठूलै विरोध जनाए । उही घटना बुंगमति फर्सिडोलमा पनि दोहोरिँदैन भन्न मिल्दैन । किनकी बुंगमतीबासीले मनाउने एैतिहासिक पर्व खड्ग जात्रा बुंगमतीको फर्सिडोलमा रहेको कुमारी चौरबाट औपचारिक सुरुवात हुन्छ । कुमारी चौर त्यो हो, जुन हाल निर्णय गरेर फाष्ट ट्रयाकका बसपार्कको लागि प्रस्तावित गरेको चौर हो ।

बुंगमती बासी एैतिहासिक पर्व खड्ग जात्रा दशैँ ताका दशमी र एकादशिका दिन धुमधाम मनाउने गरेको मछिन्द्र नाथको पुजारीहरुको संघ बत्तिस पानेजो संघका अध्यक्ष यज्ञ रत्नशाक्यले बताउनुभयो ।

उहाँले बुंमतिको फर्सिडोलमा रहेको कुमारी चौरमा दशमीको साँझा पोथी हाँस र बोकाको बलि दिएपछि औपचारिक रुपमा खड्ग जात्रा सुरु हुने बताउनुभयो ।

उहाँले भन्नुभयो–‘दशैंको दशमीका दिन साँझ पोथि हाँस र बोकाको बलि दिएपछि हाम्रो जात्रा सुरु हुन्छ । यो हाम्रो बुंगमती बासीको ठूलो पर्व हो । यो भोलि पल्टसम्म खड्ग परिक्रमा गरेर मनाउँछौँ ।’

फाष्ट ट्रयाकले यसतो एैतिहासिक गाथा बोकेको स्थानको नाश गर्ने भएपछि आफूहरु चिन्तित भएको उहाँले बताउनुभयो । ‘हामी यस विषयमा चिन्तित छौँ त्यसकारण हामीले अहिलेलाई विभिन्न ठाउँमा एैतिहासिक स्थल नमास्न ध्यानाकर्षणन गरिरहेका छौं,’ उहाँले बताउनुभयो ।

यदि योजना कुनै पनि हालतमा अगाडि बढाउनै परे यस्तो स्थानलाई नमासिने गरी संरक्षण गर्ने गरी असर नपर्ने गरी फास्टट्रयाक निर्माण गर्न सकिने उहाँको सुझाब रहेको छ ।
त्यस्तै स्थानीय अनिलतुलाधारले आफूहरु विकासको विरोधी नभई नियम संगत ढंगले गर्ने विकासको पक्षमा रहेको धारणा राख्नुभयो ।

विस २०६६ सालमा प्रथम पटक शिलान्यास भएको यस मार्गको पटक पटकको विवादकै कारण बहुचर्चित बन्न पुग्यो । यता सेनाका प्रवक्ता गोकुल भण्डारीले काम गर्दै जाँदा विभिन्न समयमा देखिएका विवाद हल गर्न हर सम्भव प्रयासरत रहेको बताउनुभयो ।

‘हाललाई विवाद त शून्य जस्तै छ । तर पनि त्यी विवाद निस्किएका स्थानका स्थानीयहरुसँग छलफलमा छौँ,’ उहाँले भन्नुभयो–‘उहाँहरुसँग विभिन्न चरणको छलफल भैरहेको छ ।’ अहिले फाष्ट ट्रयाकको काठमाडौं तिरको जेरो किलोका विषयमा भने सरकारको निर्णय नआएसम्म पर्ख र हेरको अबस्थामा रहेको उहाँले बताउनुभयो ।

विवाद नआएको स्थानमा भने सेनाको प्रत्यक्ष निगरानीमा सडक चौडा गर्ने, सम्म पार्ने र कुलेसो बनाउने काममा २ महिना देखि खटिएको जानकारी दिनुभयो । उहाँले यस कार्यका लागि २४ ठेकेदार कम्पनी खटेर काम गरिरहेको बताउनुभयो ।

७६.२ किमि दूरीको यो मार्ग चार लेनको हुनेछ भने यो मार्ग ललितपुरको खोकनाबाट सुरु भई काठमाडौंको चाल्नाखेल, मकवानपुरको इपा–पञ्चकन्या, छतीबन, बाराको रतनपुरी हुंदै निजगढमा जोडिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्