देविचौरमा वनका अध्यक्ष नै डोजर लिएर वनमा ढुंगा खन्न थालेपछि



नेपाल समाचारपत्र, ललितपुर ।
गोदावरी नगरपालिका–७ को देविचौरको जुरेली डाँडा सामुदायिक वनका अध्यक्ष नै वनमा डोजर लगाएर ढुंगा उत्खनन् गरिरहेका छन् ।
वन अध्यक्ष आशिष भन्ने मान बहादुर तामाङले आफ्नै लगानीमा केही व्यक्तिहरुसँग मिलेर अबैध रुपमा ढुंगा उत्खनन् गरिरहेको हो ।

वनमा ढुंगा उत्खनन् गर्नेमा लगानी गर्नेहरुमा सामाखुशीका दिपक हमाल पनि रहेका छन् । उनीहरुलाई स्थानीय टोले गुण्डा सेरप तामाङले साथ दिईरहेको स्थानीयले बताए ।

वनमा २ वटा ढुंगा उत्खनन् गर्ने मेसिन र दैनिक १५/२० टिप्पर ढुंगा उपत्यका लगेर दिन दहाडै वनको दोहन भैरहँदा जनप्रतिनिधि समेत मुकदर्शक बनेका छन् ।

वडा अध्यक्ष गिरि प्रसाद तिमल्सिना यसरी दोहन भैरहँदा पनि आफूलाई थाहा नभएको बताउनुभयो । ‘वनमा ढुंगा निकालेर खानी चलाएको मलाई थाहा भएन । वनमा यसरी गर्न पाईदैन पनि । म बुझेर हो भने रोक्छु,’ उहाँले भन्नुभयो ।

वन अध्यक्षा डोजर लगाई ढुंगा निकालेको सिधा माथी ३ घर जोखिममा परेको छ भने हजारौँले उपभोग गर्ने खानेपानीको पाईपलाईन समेत जोखिममो परेको छ ।

प्रतिक्रिया दिनुहोस्