ट्रम्प–किमले गरे दस्तावेजमा हस्ताक्षर



काठमाडौं। सिङ्गगापुरमा जारी ऐतिहासिक शिखर भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले एक दस्तावेजमा हस्ताक्षर गरेका छन् ।

दस्तावेजमा उल्लेख विषय केहीबेरपछिको संयुक्त पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएको बताइएकाे छ।

भेटवार्ताको समयमा उत्तर कोरियाली नेता किम भन्दा अमेरिकी राष्ट्रपति ट्रम्प निक्कै नै चलाख देखिएका थिए । नेता किम निक्कै गम्भीर देखिएका थिए। ट्रम्पले भने ‘हामी शानदार छलफल गर्दैछौं, मलाई लाग्दैछ, हाम्रो यो भेटले सफलताको शिखर चुम्ने छ । हाम्रो सम्बन्ध सुमधुर बन्नेमा मलाई कुनै शंका छैन ।’

प्रतिक्रिया दिनुहोस्