वार्ता सकेपछि आजै अमेरिका फर्किँदै ट्रम्प



सिंगापुर । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्तालगत्तै अमेरिका फर्किने भएका छन् । उनी वार्ता सक्नेवित्तिकै मंगलबार साँझ स्वदेश फर्किने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ ।

ट्रम्प र किमबीच आज (मंगलबार) सिंगापुरमा शिखर वार्ता भइरहेको छ । उनी आज बेलुका आठ बजे सिंगापुरबाट अमेरिका प्रस्थान गर्नेछन् । ट्रम्प र उनबीच मंगलबार बिहान नौ बजे भेटवार्ताको कार्यक्रम तय गरिएको थियो ।

सामूहिक भेटवार्तापछि उनीहरुबीच एक्ला एक्लै भेटवार्ता गर्दैछन् । एक्ला एक्लै भेटवार्तामा उनीहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन् ।

(एएफपी)

प्रतिक्रिया दिनुहोस्