पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महाधिवेशन हुने



काठमाडौं, (नेस)। नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम महाधिवेशन भोलि बुधबार राजधानीमा हुने भएको छ। सो महाधिवेशनमा देशभरिबाट करिब ५ सय जनाको सहभागिता हुने महासंघका अध्यक्ष अरूणशंकर वैद्यले सोमबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो। मुलुकको राजस्व वृद्धि गराउनमा यस व्यवसायको महत्वपूर्ण योगदान रहे पनि यस व्यवसायले भोग्नुपरिरहेको समस्या समाधान गर्न सरकार तयार नभएको पनि महासंघका अध्यक्ष वैद्यले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्