लगानीकर्तालाई ११ अर्ब आम्दानी



काठमाडौं, (नेस)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ९ दशमलव ५५ अंकले बढ्दा शेयर बजारका लगानीकर्ताले करिब ११ अर्ब रुपियाँ आम्दानी गरेका छन्। यस दिन नेप्सेमा समग्र बजार पुँजीकरण १४ खर्ब ६४ अर्ब ५९ करोड रुपियाँ पुगेको छ अघिल्लो दिन १४ अर्ब ५३ अर्बभन्दा बढीकोे पुँजीकरण रहेको थियो।
सोमबार नेप्समा कुल १ सय ७० कम्पनीको ११ लाख ७६ हजार ४ सय ९१ कित्ताको शेयर ४३ करोड ६८ लाख ८६ हजार ८ सय २९ रुपियाँ कारोबार भएको छ।

यस दिन सर्वाधिक कमाउनेमा उन्नती माइक्रोफाइनान्सका लगानीकर्ता रहेका छन् यस कम्पनीको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशतले बढेको छ। त्यस्तै नेपाल हाइड्रो डेभलपमेन्टको ९ दशमलव ५२ प्रतिशत र मिथिला लघुवित्त विकास बैंकको शेयरमूल्य पनि ६ दशमलव ५८ प्रतिशतले बढेको छ।
त्यस्तै यस दिन सर्वाधिक गुमाउनेमा भने एभरेष्ट बैंकको प्रिफेन्स स्टकका लगानीकर्ता रहेका छन्। जुन ९ दशमलव २१ प्रतिशत र एनआईबीएल प्रगति फण्डको ५ दशमलव ९१ प्रतिशत घटेको छ।
१० वटा परिसूचकमध्ये ३ वटा समूहमा गिरावट आएको छ। फाइनान्स समूह ३ दशमलव ७१ अंक, टे«डिङ समूह २ दशमलव ९६ अंक र विकास बैंक समूह २ दशमलव ८३ अंकले घटेका छन्।

बढ्नेमा बीमा समूह १०२ दशमलव ८ अंक, होटल समूह ६० दशमलव ६७ अंक, माइक्रोफाइनान्स समूह २२ दशमलव ८९ अंक, उत्पादक तथा प्रशोधन समूह ७ दशमलव ३१ अंक, बैंकिङ समूह ६ दशमलव ३ अंक, जलविद्युत् समूह ५ दशमलव ६४ अंक र अन्य समूह ३ दशमलव ४८ अंकले बढेका छन्।

प्रतिक्रिया दिनुहोस्