रसिया विश्वकपका समुह चरणमा हेर्न छुटाउनै नहुने ५ उत्कृष्ट भिडन्त



काठमाडौँ । रसियामा हुने विश्वकपमा ३२ देशले भाग लिदै छन् । ३२ देशले समुह चरणमा कुल ४८ खेल खेल्दै छन् । कुल ८ समुहमा विभाजित ३२ टिममा एक समुहका लिग चरणमा ६ खेल हुने गर्दछन् । हरेक समुहबाट उत्कृष्ट २ टिम अर्को चरणमा पुग्ने गर्दछन् ।

समुह चरणका खेलको कुरा गर्दा यस विश्वकपमा समुह चरणमा केहि रोचक र ठुला खेल हुदै छन् । जुन खेलमा स्टार खेलाडीको भिडन्त हने देखिन्छ । यस विश्वकपमा समुह चरणमा हुने ५ प्रतिष्पर्धा जो कोहि पनि फुटबल प्रेमीले हेर्न छुटाउने छैनन्, ति ५ प्रतिष्पर्धाको हामी यँहा चर्चा गर्दैछौ ।

१. इजिप्ट भर्सेज उरुग्वे (जुन १५) :

समुह ए मा रहेका यी दुई टिमको भिडन्त यस विश्वकपमा रोचक हुने देखिन्छ । इजिप्टका स्टार खेलाडी मोहमद सलाह घाइते भएर यस प्रतिष्पर्धालाई अलिकति कमजोर रुपमा हेरिएको भएपनि उनि विश्वकप सम्म ठिक हुने रिपोर्ट आइरहेकाले सलाह यस खेलमा खेल्ने विस्वास गरिएको छ । सलाहको अनुपस्थितिमा आर्सनलबाट खेल्ने मिडफिल्डर मोहमद एलनीलाई इजिप्टको खेल सम्हाल्ने जिम्मा हुने छ । त्यस्तै उरुग्वेबाट भने एडिसन कभानी र लुइस स्वरेजको आक्रमणलाई रोक्न इजिप्टलाई मुस्किल हुनसक्ने देखिन्छ । यी दुवै टिम जुन १५ मा खेल्दै छन् ।

२. स्पेन र पोर्चुगल ( जुन १५) :

यस विश्वकपमा समुह चरणको सबै भन्दा ठुलो खेल स्पेन र पोर्चुगलको हुने भएको छ । जुन १५ मा हुने यो खेलमा रोनाल्डोलाई रोक्ने चुनौती उनकै रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोस र बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेको हुने छ ।

पोर्चुगलमा रोनाल्डोका अलवा रिकार्डो क्वारिस्मा, बेर्नान्डो सिल्भा, जोआओ मारिओ, पेपे, राफेल जस्ता स्टार खेलाडी रहेका छन् । त्यस्तै स्पेनमा पनि इस्को, आन्द्रे इनेस्टा, डिएगो कोष्टा, डेभिड सिल्भा, रामोस र पिके जस्ता स्टार खेलाडीले भरिपूर्ण रहेको छ ।

३. अर्जेन्टिना भर्सेज क्रोसिया (जुन २१) :

रसिया विश्वकपमा समुह सी लाई ग्रुप अफ डेथ पनि भनिएको छ । यस समुहमा अर्जेन्टिना, आइसल्याण्ड, क्रोसिया र नाइजेरिया रहेका छन् । यसैमा अर्जेन्टिना र क्रोसियाको लिग चरणको जुन २१ मा हुने खेललाई यस विश्वकपको लिग चरणको उत्कृष्ट खेल मध्ये एक मानिएको छ ।

यस खेललाई लियोनेल मेसी भर्सेज लुका मोड्रिचको रुपमा पनि हेरिएको छ । त्यस्तै बार्सिलोनामा मेसीसँगै खेल्ने इभान राकटिक पनि मेसीविरुद्ध कस्तो खेल्छन कौतिहलताको विषय बनेको छ । क्रोसियामा मोड्रिच र राकटिकका अलावा इभान पेरिसिक, मारिओ मन्डजुकिक जस्ता ससक्त खेलाडी रहेका छन् । यता अर्जेन्टिना पनि स्टार खेलाडीले भरिपूर्ण भएपनी मेसीको भूमिका महत्वपूर्ण देखिएको छ । मेसिका अलवा अर्जेन्टिनाका लागि एन्जल डी मारिया, गोन्जालो हुगेन, सर्जियो अग्युरो, पाउल डिबाला जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

४.पोल्याण्ड भर्सेज कोलम्बिया (जुन २४) :

समुह एच मा रहेका पोल्याण्ड र कोलम्बियाको खेल पनि समुह चरणको राम्रो प्रतिष्पर्धा मध्ये एक हुने छ । यी दुई टिममा सन २०१४ मा गोल्डेन बुट जितेका जेम्स रोड्रीगेज र रोबेर्ट लावान्डोसकीबीचको भिडन्तको रुपमा हेरिएको छ । दुवै बायर्न म्युनिखबाट खेल्ने हुनाले पनि यो खेललाई यी दुई स्टारहरुको आफ्ना देशका लागिको प्रदर्शन कस्तो होला भन्ने कौतुहलता देखिएको छ ।

पोल्याण्ड भने विश्वकप छनौटका ९ मध्ये ८ खेल जितेर समुहमा प्रथम हुदै छनौट भएको हो । लवानडोस्कीले विश्वकप छनौटमा १६ गोल गरेका थिए । यी दुई स्टार बाहेक कोलम्बियामा राडामेल फल्काओ, कार्लोस बाका, डिफेन्डरडाभिन्सन सान्चेज र बार्सिलोनाका एरि मिना पनि छन् । त्यस्तै पोल्याण्डमा युभेन्टसका गोल किपर वोजचेक सजजेसनि, डिफेन्डर कामील ग्लिक जस्ता उत्कृष्ट खेलाडी रहेका छन् । यी दुवै टिम विश्वकपमा जुन २४ मा एकअर्काविरुद्ध खेल्दै छन् ।

५. इङल्याण्ड भर्सेज बेल्जियम (जुन २८) :

समुह जि मा रहेका यी दुई टिमको खेल विश्वभर रहेका फुटबल फ्यानहरुका लागि प्रतिक्षाको खेल रहेको छ । स्टार खेलाडीहरुले भरिपूर्ण दुवै टिमबीचको खेल यस विश्वकपको समुह चरणको उत्कृष्ट खेल मध्ये एक हो । यस समुहमा रहेको पानामा यस विश्वकपको ‘सरप्राइज’ टिम हुने बताइएको छ ।

इङल्याण्ड टिममा ह्यारी केन, रहिम स्टरलिङ, मार्कोस राश्फोर्ड, जेम्स भार्डी जस्ता स्टार खेलाडी रहेका छन् भने बेल्जियमको टिममा एडेन हजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रुने, गोल किपर थिबाउट कोर्टइओस जस्ता स्टार खेलाडीले भरिपूर्ण रहेको छ । यसर्थ पनि यो खेल समुह चरणको हेर्ने पर्ने खेल हुने छ । यी दुवै टिमबीच जुन २८ मा खेल हुदै छ ।

प्रतिक्रिया दिनुहोस्