गरौं योग रहौं निरोग



नेपाल समाचारपत्र, काभ्रे ।
धुलिखेल योग साधना केन्द्रले स्वस्थताका लागि बिद्यार्थीहरुलाई योग सिकाउनु जरुरी भएको भन्दै योग दिवसको अवसर पारी धुलिखेलका ६ वटा विद्यालयका विद्यार्थीहरुलाई एकदिवसीय योग प्रशिक्षण दिएको छ ।

बिद्यालय स्तरिय योग शिक्षा कार्यक्रममा योग र शिक्षाको अन्तर सम्बन्धका बारेमा जिल्ला समन्वय समिति काभ्रेका समन्वय अधिकारी कोमल प्रसाद धमलाले नियमित योग गर्नाले स्वास्थ्यमा सुधार आउँनुक साथै स्मरण शक्ति बढ्ने समेत हुन्छ भन्नुभयो । उहाँले आफुले ९ बर्ष देखि नियमित योग गर्दै आएको र अहिले सम्म कुनै प्रकारको बिरामी पनि नपरेको र रिस, निराशा जस्ता कुरा नआउने र सकारात्मक सोचको बिकास भएको बताउनुभयो ।

धमलाले विश्वले नै योगलाई उच्च प्राथमिकतामा राखेको अवस्थामा नेपालमा पनि विद्यालय, कलेजमा समेत पाठ्यक्रममा नै समावेश गर्ने गरि आगामी दिनमा योगले स्थान पाउने आफुले विश्वास लिएको बताउनुभयो । योगले सहज जीवन शैली जीउन र स्वास्थ्यका लागि अत्यन्तै फलदायि हुन्छ भन्नुभयो ।

धुलिखेल योग साधना केन्द्रका नगर संयोजक राजु श्रेष्ठले बिद्यार्थीको जीवनलाई सहज र तेजिलो बनाउँन हरेक दिन योगको खाँचो छ भन्नुभयो । सोही अवसरमा पतञ्जली योग समितिका ३ नम्बर प्रदेशका अध्यक्ष् ग्रोबेन तौजललेले बिद्यालय स्तरका बालबालिकालाई योग सिकाउनाले खानपान, रहनसहन, बानीव्यहोरामा समेत सकारात्मक सोचको बिकास हुनुका साथै घरपरिवारका सदस्याको स्वास्थ्यमा समेत ध्यान दिने कुरा औल्याउनुभयो ।

कार्यक्रममा धुलिखेल नगरपालिका क्षेत्रका सञ्जीवनी उच्च माध्यमिक विद्यालय, काठमाडौ विश्व विद्यालय हाइस्कूल, पूर्ण सञ्जीवनी उच्च मावि, इम्यान्यूयल बोर्डिङ स्कूल, संजीवनी ईङ्लिस स्कूल, र माउण्टभ्यू ईङलिस स्कूलका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागि विद्यालयलाई कार्यक्रममका प्रमुख अतिथि धमला र तौजलेले कदरपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्