ट्रेनमा छुरा काण्ड



टोकियो, (एजेन्सी)
जापानको बुलेट ट्रेनमा छुरा आक्रमण गरी एकजना यात्रुको हत्या गर्नुका साथै अन्य दुई जनालाई घाइते बनाएको अभियोगमा एकजना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ। स्थानीय समयअनुसार शनिबार बेलका करिब दस बजे राजधानी टोकियोबाट ओसाकातर्फ गइरहेको सिन्कान्सेन ट्रेनमा सो अप्रिय घटना घटेको सञ्चार माध्यमले जनाएको छ। प्रहरीले सो ट्रन ओदावार स्टेसनमा रोकिएपछि आक्रमणकारीलाई पक्राउ गरेको थियो। करिब ८ सय यात्रु सवार सो ट्रेनमा छुरा प्रहारबाट घाँटीमा चोट लागेका पुरुषको अस्पतलमा लाने क्रममै मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्