जर्मनीमा बलात्कार र हत्या गर्ने इराकमा पक्राउ



वर्लिन, (एजेन्सी)
जर्मनीमा शरण लिने क्रममा असफल भएका तथा जर्मनीमै एक जना १४ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको अरोप लगाइएका एकजना इराकीलाई इराकमा गिरफ्तार गरिएको सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन्।

२० वर्षीय अली बसारलाई जर्मन प्रहरीको अनुरोधपछि उत्तरी इराकको कुर्दिसहरूको नियन्त्रणमा रहेको स्थानबाट पक्राउ गरिएको जर्मन गृहमन्त्री होस्र्ट सिहोफरले पत्रकारहरूलाई बताएका छन्।
जर्मनीको एउटा विमानस्थलको ठूलो सुरक्षा गल्तीका कारण अली भाग्न सफल भएका थिए।

सुसान्ना फेल्डम्यान नामक ती किशोरीको हत्याको कारण जर्मनीका चान्सलर एन्जेला मर्केलको आप्रवासी नीतिको समेत व्यापक आलोचना भएकोे थियो।अति दक्षिणपन्थी अल्टर्नेटिभ फर जर्मनी (एएफडी) पार्टीका नेताले मर्केलकोे राजीनामाको माग गर्दै शनिबार राष्ट्रव्यापी आमहड्तालको आ≈वान गरेका छन्। गृहमन्त्री सिहोफरले शरणार्थी बन्न खोजिरहेकाहरूलाई तिनीहरूको जर्मनीमा बस्न पाउने वा नपाउने भन्ने विवादास्पद योजनाको टुंगो नलागुन्जेल तिनीहरूलाई शरणार्थी शिविरमै राख्ने कदमको क्रममा अलीबाट बलात्कार तथा हत्या भएको थियो।

यस घटनाले सम्पूर्र्ण जर्मनीलाई नै शोकाकुल र स्तब्ध बनाएको थियो। सिहोफरले शरणार्थी प्रक्रिया तथा आवेदकहरूलाई स्वदेश फर्काइने कार्यलाई तिव्रता दिने प्रतिवद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्