टेलिश्रृंखलालाई लिएर प्रियंकाको क्षमायाचना



नयाँदिल्ली, (एजेन्सी)
भारतीय बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी टेलिभिजना श्रृंखला क्वान्टिकोमा आफूले खेलेको एक भूमिकालाई लिएर आक्रोशित भारतीय जनतासमक्ष आइतबार क्षमायाचना गरेका छन्।
उक्त स्पाई थ्रिलरको पछिल्लो श्रृंखलामा प्रमुख भूमिकामा देखिएकी चोपडाले काश्मिर शिखरवार्ताको सम्मुख हिन्दूहरूले तयार गरेको एउटा योजना असफल बनाएको देखाइएको छ।

सो श्रृंखलाको कथावस्तुबाट आक्रोसित हुनपुगेका अधिकांश भारतीयहरूले अनलाइनमार्फत प्रियंकाको व्यापक आलोचना गरेका थिए। चोपडाले ट्विटरमार्फत यसरी क्षमा मागेकी छिन्, ‘म आफूलाई एक गौरवशाली भारतीय घोषणा गर्दछु।’

‘यस कार्यक्रमका कारण कसैको चित्त दुख्न पुगेको खण्डमा मलाई अत्यन्तै दुःख लागेको छ। क्वान्टिकोको कथावस्तुले केहीको भावनामा चोट पुगेकोमा म हृदयदेखि नै क्षमा माग्दछु। म एक गौरवशाली भारतीय हुँ , जुन कहिल्यै पनि परिवर्तन हुनै सक्तैन। मैले जानीजानी कसैलाई चोट पु¥याउने उद्देश्य राखेको थिइनँ।’

उक्त श्रृंखलाको १ जुनमा प्रसारित दी ब्लड अफ रोमियोमा प्रमुख पात्र एलेक्स पार्रिसले आतंककारी हमला प्रयास रोक्न खोजेको देखाइएको छ। तर काश्मिरी शिखरवार्ताको सम्मुख हुन लागेको उक्त पाकिस्तानीले गर्न खोजेको बताइएको हमला योजना वास्तवमा पाकिस्तानको बेइज्जत गर्न हिन्दू राष्ट्रवादीहरूकै षड्यन्त्र भएको खुलासा चोपडाले गरेको देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्