गीतकार रिजाल १ लाखसहित स्रष्टा सम्मानबाट सम्मानित



गीतकार कालिप्रसाद रिजाललाई राष्ट्रिय स्रष्टा सम्मान–२०७५ बाट सम्मानित गरिएको छ। गीतकार संघ नेपालले शनिबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उनलाई सम्मान गरिएको हो।

५ दशकभन्दा लामो समयदेखि निरन्तररूपमा गीत रचनामार्पmत नेपाली गीत संगीतको क्षेत्रमा योगदान पु¥याएवापत गीतकार रिजाललाई सम्मान गरिएको हो। गीतकार रिजाललाई नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवलेदोसल्ला ओढाएर तामपत्र र १ लाख एक रूपियाँ नगदसहित सम्मान गरेका थिए।

समारोहमा अमेरिका निवासी गीतकार राखी गौचनलाई ११ हजार रूपैयाँ र ताम्रपत्रसहित डायस्पोरा गीतकार सम्मान २०७५ बाट सम्मानित गरियो।

२०७४ सालको उत्कृष्ट वर्ष गीत पुरस्कार यसपटक २ जनालाई संयुक्तरूपमा प्रदान गरियो। ५१ हजार रुपियाँसहितको यो पुरस्कार प्रवासको पीडा गीतबाट गीतकार सुमन बैरागी र अभिनय गर्दैबाट पवित्रा राईलाई प्रदान गरियो।

कार्यक्रममा प”र्व राष्ट्रपति डा. यादवले नेपाली कला संस्कृतिले सम्पन्न भएको चर्चा गर्दै यस्ता सम्मान एवम् पुरस्कारले श्रष्टालाई प्रोत्साहित गर्ने बताए। त्यसैगरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संगीतकार शम्भ”जित बाँस्कोटाले सम्मानित स्रष्टा रिजालको नेपाली गीत लेखनमा अतुलनीय योगदान रहको चर्चा गरे भने संघका अध्यक्ष च”डामणि देवकोटाले कार्यक्रममा पुरस्कृत स्रष्टाका बारे र गीतकार यादव खरेलले पुरस्कार एवं सम्मान चयनका बारेमा चर्चा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्