संगीत र लोकसंस्कृतिको संरक्षणमा प्रतिवद्वता



लमजुङ, (नेस)। कला, संगीत तथा लोकसंस्कृति पहिचानको मूल स्रोत भएको हुँदा त्यसको संरक्षणमा जुट्ने प्रतिवद्धता एक कार्यक्रमका सहभागीहरूले गरेका छन्। तमुप्लेल्हु संघको तेस्रो वार्षिक उत्सवका अवसरमा त्यस्तो प्रतिवद्धता व्यक्त गरिएको हो।

बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उत्सवको शुभारम्भ गर्दै गुरुङ जातिसँग कला र संस्कृति अधिक भएकाले तिनको जगेर्र्नाका लागि प्ले ल्हु संघले खेलेको भूमिका सराहनीय भएको चर्चा गरे।

कार्यक्रममा क्होलासोथर गाउँपालिकाका अध्यक्ष पे्रमबहादुर घलेले संस्कार र संस्कृति जगेर्नाका लागि प्ले ल्हु संघले महत्वपूर्ण भूमिका खेलेको वताए।

उत्सवमा तमु ह्युला छोज धींका जिल्ला अध्यक्ष ठाकुरप्रसाद गुरुङ, प्येल्हुसंघ यूएइका निर्वतमान अध्यक्ष मुक्ति गुरुङ, प्येल्हु संघका उपाध्यक्ष कुमबहादुर गुरुङ, इकाइहरूको तर्फबाट
गोपिराज गुरुङलगायतले शुभकामना व्यक्त गरेका थिए। संघका अध्यक्ष कप. मिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव मनमाया गुरुङ र युवा समितिका सचिव गोपाल गुरुङले गरेका थिए। कार्यक्रमको विच विचमा गुरुङ कला र संस्कृति झल्किने विभिन्न नृत्य प्रस्तुत गरेका थिए।

उत्सवमा रौनक ल्याउन बेसीशहरको मनाङेचौतारबाट निकालिएको झाँकी तथा ¥याली बैँक चोक, भिमसेनथान, नारायण स्थान, शेरा हँ‘दै शान्ती टोल तमु आमा वावा समूहको भवनसम्म गुरुङ भेष भुषा र गाजावाजा सहित प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्