मिटर ब्याजी बीरेन्द्रलाल श्रेष्ठसहित ४ जनासंग प्रहरी ग¥यो हतियार बरामद,



 

काठमाडौ । सरकारले बैधानिक रुपमा हतियार राखेर समाजमा आतंक मच्चाएको भन्दै केही संकास्पद ब्यक्तिहरुको हतियार खोजेको छ । बिभिन्न बिधामा रहेका उनीहरुले हतियारको आडमा आतंक मच्चाएको भन्दै गृह मन्त्रालयले उनीहरुको हतियार नियन्त्रणमा लिन र गतिबिधि निगरान िगर्न समेत निर्देशन दिएको छ । ्
मिटर ब्याजका नाइको रुपमा चिनिएका बिरेन्द्रलाल श्रेष्ठ, बैदेशिक रोजगारीमा दादागिरी मच्चाउदै आएका रघु पुरी, क्यासिनोमा गुण्डाको प्रयोग मार्फत चर्को रुपमा ब्यज लगाएर क्यासिनो पैमीहरुको उठीवास लगाउने बले भन्ने बलराम सापकोटा र सुरक्षा निकायमा पछिल्लो पटक एकछत्र रुपमा सेटिछङमा टेण्डर पार्दै आएका आंङकाजी शेर्पाको घरमा रहेको अत्याधुनिक हतियार प्रहरीले बरामद गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुको गतिबिधि संकासपद बन्दै गएको पाएपछि लाइसेन्स भएपनि ती हतियार नियन्त्रणमा लिएको हो । उनीहरुको गतिबिधि बिगत देखिनै खराव रहेको र अहिले पनि हतियारको दम्भ देखाएर हरेक निर्णय आफ्नो पक्षमा पार्दै आएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्