नदिको पानी बस्तीमा तानिँदै



सलिम अन्सारी, प्युठान।

राप्ती नदी तिरमा मुहान खनेर गाउँमा पिउने पानीको व्यवस्थ गर्न थालिएको छ । राप्ती नदी तीर देखि झण्डै २५ मिटर उचाईमा रहेका बस्तीलाई लिफ्ट प्रविधिबाट पानी पुर्याउन लागिएको हो ।

स्थानिय सरुमारानी गाउँपालिकाको २७ लाख र जिल्ला खानेपानीको ५४ लाखको सहायतामा सो आयोजनाको निमार्ण कार्य भईरहेको ददेरी वृहत खानेपानी योजनाका अध्यक्ष ईन्द्र मोहन अमात्यले जानकारी दिए । उनले गाउँमा खानेपानी आउने भएपछि स्थानीयले ऐले सम्म ६ लाख १४ हजार ८ सय बराबरको श्रमदान गरेको नेपाल समाचारपत्रलाई बताए ।

मुहानमा ईनार खनेर अहिले रिर्जभ ट्याकीं निमार्णको काम चलिरहेको छ । पम्पहाउँसको काम पनि सुरु हुन्छ । अमात्यले भने, मोटर पाईपलाईनदेखि वितरण लगाएतको काम जिल्ला खानेपानीले गर्ने भएको छ । खोलाबाट ६५ मिटर उचाईमा पानी तानेपछि ट्याकींमा संकलन गरेर प्रशोधन गरी पानी वितरण गर्ने लक्ष्य राखिएको छ ।

१ लाख लिटर पानी अटने क्षमताको ट्याकींबाट प्रत्येक घरमा खानेपानीका धारा पु¥याईने छ । यस आयोजनाबाट सरुमारानी गाउँपालिका वडा नं २ का २ सय ९ घरधुरी लाभांवित हुनेभएका छन् । निमार्ण समयपछि १० वर्ष पछाडीको जनसंख्यालाई समेत पानी पुग्ने डिजाईन भएको छ ।

आयोजनाको ट्यांकी प्रत्येक घरधुरीमा पुग्ने गरी १२ हजार ६ सय दुुरीमा वितरण पाईप लाईन विछ्याउने काम गरिने बताईएको छ । चिसापानीदेखि गहना सम्मका प्रत्येक घरधुरीमा १ घर १ धारा जडान गरिने योजना छ । ओरालो बग्ने पानी प्रविधिको प्रयोगले ठाडोबाट हिडाईने छ । सो क्षेत्रका बासिन्दालाई पिउने पानीको समस्या वर्षौ देखि थियो । चुरे क्षेत्रको फेदीमा पर्ने यस गाउाको ७५ प्रतिशत स्थानीयले खोलाको पानी पिउन बाध्य थिए । खोला बाहेक पानीको मुहान नभएको सो क्षेत्रको लागि निर्माणाधिन आयोजनाले यहाँका बासिन्दालाई ठूलो राहत मिल्ने अपेक्षा गर्ने गरिएको गाउँपालिका प्रवक्ता एंव वडा नं २ का अध्यक्ष बसन्त जिसीले बताए ।

त्यस्तै हंसपुरमा पनि अहिले खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ । वडा नम्वर ३ को नौघाट स्थित माडी नदि किनारमा जरुवा खनेर लिफ्ट प्रविधी मार्फत पानी तानिने छ।

३ सय २ घरधुरीका करिव दुई हजार जनसंख्यालाई खानेपानी सुबिधा पुर्याउन बृहत् लिफ्ट खानेपानी योजनाको काम अघि बढेको हो । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले प्राबिधिक सहयोग गरेको छ । सरुमारानी गाउंपालिकाले ६० लाख रुपैया बिनियोजन गरि काम सुरु गरेको हंसपुर बृहत् खानेपानी उपोभोक्ता समितीका अध्यक्ष सन्तोष बिश्वकर्माले बताए ।

सो खानेपानी योजनाको लागत ’जनश्रमदान बाहेक करिव ३ करोड ५० लाख अनुमान गरिएको छ । चार वटा छुट्टाछुटै स्थानमा पम्प हाउस निर्माण र पानी संकलन गर्न १ लाख ५० हजार लिटर क्षमताको पानी ट्याकी निर्माणको काम भैरहेको हो । आगामी दुई बर्षभित्र योजना सक्ने लक्षय राखिएको छ । यो योजनाबाट साविक हंसपुर गाविसको वडा नम्बर १ देखि ५ सम्मका स्थानीय लाभान्वित हुने छन ।

यश अघि गाउपालिकाले पालिकाभर आगामी दुई बर्षभित्र नागरिकका घर घरमा खानेपानीको पहुंच पुर्याउने नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्