मोदीको हत्या योजना



 

मुम्बई, (एजेन्सी)
भारतका माओवादीले प्रधानमन्त्री नरेन्द्र मोदीको राजीव गान्धीको जस्तै हत्या गर्ने षड्यन्त्र रचिरहेको महाराष्ट्र प्रहरीले दाबी गरेको छ। पुणेमा प्रहरीले एक विशेष अदालतमा उक्त दाबीसहितको पत्र पेस गरेको थियो। भिमा कोरेगाउँमा जनवरीमा भएको हिंसात्मक कारबाहीका क्रममा पाँचजना पक्राउ परेपछि उक्त जानकारी हात परेको प्रहरीेले बताए। प्रहरीले उक्त पत्र एक अभियुक्त रोना ज्याकोब विल्सनको दिल्लीस्थित फ्ल्याटबाट बरामद गरको बताएको छ। ‘कमरेड प्रकाश’लाई सम्बोधन गरिएको उक्त पत्रमा विहार र पश्चिम बंगालमा हारका बाबजुद भाजपाले १५ भन्दा धेरै राज्यमा जित हासिल गरेकोमा चिन्ता व्यक्त गरिएको प्रहरीले बताए।

 

प्रतिक्रिया दिनुहोस्