‘प्रहरी देखेपछि अपराधीको सातो उड्नु पछ’



कृष्णउदास खनाल, वीरगन्ज । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई देखेपछि अपराधीहरुको सात्तो उड्नु पर्नेमा जोड दिएका छन् ।
संघीय प्रहरी कार्यालय वीरगन्जमा आयोजित कार्यक्रममा उनले नागरिकले प्रहरीको बारेमा राम्रो सोच्नुपर्ने भन्दै अपराधी गर्नेको मन थररर काँप्न पर्नेमा बताए । उनले प्रहरी जनताको सेवक भएकाले जनताले राम्रो भन्नुपर्ने र त्यसका लागि काम गर्न मातहतका प्रहरीहरुलाई निर्देशन दिए ।
प्रहरीको काम जागिर खाने मात्र नभएको दावी गर्दै उनले भने ‘नागरिकका लागि प्रहरी हो । प्रहरी आफैंमा जागिर खाएर हिँड्नका लागि मात्रै होइन यो, नागरिकलाई सर्भिस दिनका लागि हो ।’उनले आफूले सबैलाई राम्रो देखेको बताउँदै केही कमीकमजोरी भए सुधारेर अघि बढ्नुपर्नेमा सचेत गराए ।

‘मैले सबैलाई राम्रो देखेको छु नराम्रा छन् भने पनि सुधार गरेर जानुपर्छ । केही न केही गलत हुनसक्छ । सामाजिक परिभेष नबुझेर हुन सक्छ, अभावले केहि हुन सक्छ’ उनले भने ‘तर अभावले गरेको भनेर कानुनले क्षम्य गर्दैन । त्यसका लागि सबै सचेत हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्