प्रहरीको इन्काउन्टरमा चार जना कुख्यात अपराधी ठहरै



काठमाडाैं ।  दिल्ली प्रहरीको स्पेशल फोर्ससँग भएको भिडन्तमा तीन जना अपराधी मारिएका छन् । शनिबार दिल्ली प्रहरीले स्पेसल फोर्सले छतरापुर इलाकामा राजेश भारतीसहितका तीन ग्याङस्टारको भिडन्तमा मृत्यु भएको जनाएको छ ।

घटनामा अपराधिक समूहका थप एक जना घाइते बनेका छन् । उनीहरु प्रहरीले एक लाख इनाम राखेका अपराधी हुन् । भारतीका विरुद्ध दिल्ली प्रहरी लगायत विभिन्न राज्यमा एक दर्जनभन्दा बढी उजुरी परेका थिए ।

स्पेसल फोर्सका डिएसपी सञ्जिव यादवलेका अनुसार भिडन्तमा ६ प्रहरी समेत घाइते भएका छन् ।

यसभन्दा अगाडि पक्राउ परेर समेत फरार भएका भारती ठूलै घटना घटाउने उद्देश्यका साथ छतरपुर आएको सूचनाका आधारमा प्रहरीले उनीहरुमाथि कारबाही गरेको हो । भारती छतरापुर आफ्नो समूह नै लिएर आएका थिए ।

आफूहरुले आत्मसमर्पणका लागि अनुरोध गरे पनि उनीहरुले फायरिङ सुरु गरेपछि प्रहरीले जवाफी कारबाही गरेको जनाएको छ । घाइते बनेका एक अपराधीलाई उपचारका लागि प्रहरीले अस्पताल पु¥याएको छ भने घाइते प्रहरीको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटना हुनुभन्दा पहिले प्रहरीले उक्त ठाउँ कब्जा गरेका कारण सर्वसाधरण भने घटनामा नपरेको जनाएको छ ।

-hindustantimes

 

प्रतिक्रिया दिनुहोस्