जन्म घर पुगे डा.उपेन्द्र देवकोटा



गोरखा । बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई आफ्नो जन्म घर पालुंटार नगरपालिका ४ स्थित पण्डित गाउँमा पुगेका छन् । न्यूरो अस्पतालबाट हेलिकोप्टरमा सिधै उनलाई उनको पुर्खौली घर पुर्याइएको हो । हेलिकोप्टर ल्याण्ड भएको ठाउँबाट करिब १० मिनेट स्टेचरमा बोकेर उनलाई आफन्तले घर पुराए ।

जन्म घर जाने मन गरेपनि उनलाई हेलीकोप्टर मार्फत ल्याइएको डा. देवकोटाका भाई प्रदिप चन्द्रले जानकारी दिए । उनलाई केहीबेर पुर्खौली घरमा राखेर काठमाडौं फर्काउने तयारी छ। डाक्टर देवकोटालाई लिएर उनका तीन छोरी पण्डित गाउँ आएका छन् ।


प्रतिक्रिया दिनुहोस्